वीरगंज । गायक नरेश रेग्मीको ‘आयो दशैँ’ बोलको गीत सार्वजनिक भएको छ। शिव हमालको शब्द तथा संगीत रहेको गीतमा नरेश रेग्मी र देवि घर्तिको स्वर रहेको छ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र तनुजा वलीको अभिनय देख्न सकिन्छ। तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन्।यो गीतमा विदेशीन वाध्य केटा र नेपालमै रहेकी केटीको प्रेम पीडा देखाइएको छ ।
१५ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेका नरेशले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन्। साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन्।यो गीतको भिडियोमा विक्रम चौहानको निर्देशन रहेको छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।