वीरगन्ज | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको चीनसँगको सम्बन्ध सुधार भएको बताएका छन् । उनले चीनसँग नयाँ सम्झौताहरु भएको पनि बताएका छन् । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यो दाबी गरेका हुन् । उनले भने, ‘महत्वपूर्ण उपलब्धि हासिल भएको छ, नेपालको छवि विश्व मन्चमा विकास भएको छ ।’
उनले चीनसँगको स्तरोन्नती भएको छ । यसलाई विकासको साझोदारीमा पनि परिणत भएको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।