• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवा-ओलीबीच मिल्यो बोलीः अर्ली इलेक्शन

  • वीरगंज संजाल
  • १३ आश्विन २०७८, बुधबार १७:२२
  • २४५७

    वीरगन्ज | नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा देउवा प्रमुख प्रतिपक्षी दलका नेता थिए । यी दुई नेताबीच कमै मात्र टकराव देखिन्छ । ओली प्रधानमन्त्री हुँदा देउवाको राम्रै साथ पाएका थिए । कतिपय नियुक्तिहरुमा देउवानिकटहरुले ठाउँ पाए । संवैधानिक परिषदबाट भएका संवैधानिक निकायमा नियुक्ति सिफारिश ओलीको पालामा भएको थियो । जहाँ देउवानिकटस्थले उल्लेख्य स्थान पाएका थिए । ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवाले चुनावको रटान लगाएका थिए । उनी प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहँदा भित्र भित्र चुनाव होस् भन्नेमा देखिन्थे । उनले सार्वजनिक रुपमा पनि चुनावका लागि तयार हुन भनिरहेका थिए ।

    घटनाक्रमले देउवालाई प्रधानमन्त्रीको कुर्सीमा चढायो जसमा उनी बढ्न आनाकानी गरिरहेका थिए । बरु चुनाव होस् भन्नेमा थिए । परिस्थिति बदलियो । विघटनमा परेको प्रतिनिधि सभा पुनःस्थापना भयो । देउवा प्रधानमन्त्री भए । देउवा ज जस्को साथ पाएर प्रधानमन्त्री भए उनीहरुसँग मुद्दा र विचारका दृष्टिले निकै फरक छन् । त्यसैले मन्त्रिपरिषद विस्तारमा साँढे दुई महिना लागिसकेको छ । एमसीसीलगायतका विषयहरु पनि मतभेदको विषय बन्न थालेका छन् । देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, प्रचण्ड र माधव नेपाल विपक्षमा देखिएका छन् । यसले टकराव बढाउने सम्भावना बढेको छ । प्रचण्ड र माधव नेपालसँग मिलेर सरकार चलाउन सजिलो नहुने बुझाई देउवामा देखिन्छ । यसकारण पनि उनले ओलीसँग हात बढाइरहेका छन् । विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पटक पटक पठाएका छन् । उनले राजनीतिक सन्देशसहित कार्कीलाई पठाउने गरेका छन् । यसभित्र अर्ली इलेक्शनको उद्देश्य समेत लुकेको बुझ्न थालिएको छ ।

    कार्कीलाई १२ असोजमा विहान भेटेका ओलीले दिउँसो ताजा जनादेशमा जोड दिइरहे । उनले अर्ली इलेक्शन देउवा सरकारले गर्दा पनि मान्य हुने स्पष्ट पारे । यसले राजनीतिकवृत्तमा तरंग आएको छ । देउवा र ओलीको चुनावबारे बोली मिल्दै आएको छ । देउवाले गत वर्ष नै चुनाव चुनाव भनेका थिए । उनले नुवाकोट, हेटौंडालगायतका स्थानमा पार्टी कार्यक्रममा चुनावको रटान लगाएका थिए । अहिले ओली त्यस्तै गर्न थालेका छन् । दुवैको अर्ली इलेक्शनमा बोली मिलेकाले देश त्यही दिशातर्फ बढेको संकेतहरु मिल्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑