वीरगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।
उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।