• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई महिनापछि छानिए एक मन्त्री, मन्त्रीमण्डलले पूर्णता पाउन अझै समय लाग्ने

  • वीरगंज संजाल
  • ७ आश्विन २०७८, बिहीबार ०८:२७
  • २०६९

    वीरगन्ज । सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बल्ल एक मन्त्री छनोट गरेको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि सत्ता गठबन्धनको सिफारिसमा प्रधानमन्त्री देउवाले हिजो बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पराराष्ट्र विभागका प्रमुख डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसै साता हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली पठाउने निर्णय गरेलगत्तै परराष्ट्रमन्त्री नियुक्तिका लागि डा. डा. खड्काको नाम सिफारिस गरिएको हो ।

    शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै डा. खड्का कार्यभार सम्हाल्न मन्त्रालय पुग्नुभएको थियो । बुधबार साँझ नै नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्का संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्नुभएको छ ।कांग्रेसका नेता डा. खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएसँगै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ । कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले परराष्ट्र मन्त्रालयमा दाबी गरेको थियो । पार्टीभित्रको भन्दा पनि सत्ता गठबन्धनको सहमतिअनुसार अगाडि बढेको भन्दै पौडेल पक्ष प्रधानमन्त्री देउवासँग रुष्ट बनेको छ । पराराष्ट्रमन्त्री पदका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले पनि इच्छा देखाउनुभएको थियो ।

    सत्ता गठबन्धनभित्रको आन्तरिक विवादका कारण पाँचवटा भन्दा बढी मन्त्री नियुक्त हुन सकिरहेको छैन । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाडमा कुरा मिल्न सकेको छैन । जनता समाजवादी पार्टीले सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि मन्त्रीमण्डल विस्तारको काम अगाडि बढ्न सकेको छैन । संसद् चालू रहेको अवस्थामा अध्यादेश ल्याउन नपाइने भएकाले मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्न सक्ने देखिएको छ ।

    पछिल्लो समय मन्त्रीमण्डलाई पूर्णता दिन जसपाले अगाडि सारेको माग बाधक देखिएको छ । जसपाले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारले यसअघि ल्याएको अध्यादेश फिर्ता नलिएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘जुन उद्देश्यको साथ अध्यादेश ल्याएको हो, त्यो पूरा भएर अहिले अध्यादेशको औचित्य समाप्त भइसकेको छ । अब सत्ता गबठनन्धको चाहनाअनुसार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ ।’उता नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको किनारा लाग्नुपर्ने सर्त अगाडि सारेको छ । दुई दलको आ–आफ्नो मागका कारण चाहेर पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डलाई पूर्णता दिन सक्नुभएको छैन । सरकार निर्माणमा नेकपा एकीकृत समाजवादी र जसपाको निर्णायक भूमिका रहेका कारण पनि सत्ता गठबन्धनमै सहमति कायम गरेर मात्र अगाडि बढ्ने नीतिमा प्रधानमन्त्री देउवा रहनुभएको देखिन्छ ।

    को हुन् मन्त्री डा. खड्का ?

    डा. नारायण खड्का झन्डै तीन दशकदेखि कांग्रेसको राजनीतिमा क्रियाशील रहँदै आउनुभएको छ । डा. खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो । उहाँको परिवार पछि उदयपुर बसाइँ सरेको थियो । उदयपुरको त्रियुगा नगरपालिका–१४ निवासी उहाँ पछिल्ला तीन आमनिर्वाचनमा लगातार उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुँदै आउनुभएको छ । खड्काले २०६४, २०७० र २०७४ सालमा उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निरन्तर निर्वाचन जित्दै आउनुभएको हो । २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उहाँले सल्लाहकार भएर काम गर्नुभएको थियो । क्यानेडियन नागरिक इसावेलसँग विवाह गर्नुभएका डा. खड्का २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । उहाँले भारतको पुणेबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ ।

    २०५९ असोज ४ मा शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा डा. खड्का पनि देउवासँगै लाग्नुभएको थियो । २०६७ सालमा कांग्रेसको १२औं महाधिवेशन हुँदा उहाँ पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य बन्नुभएको थियो । २०७० सालमा स्वर्गीय प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा डा. खड्का शहरी विकासमन्त्री बन्नुभएको थियो । २०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि उहाँ पुनः केन्द्रीय सदस्य बन्नुभएको थियो । पछिल्लो समय डा. खड्का कांग्रेसको परराष्ट्र विभागका प्रमुख रहनुभएको थियो । गठबन्धन र पार्टीभित्रैका अरू आकांक्षीलाई पछि पार्दै उहाँ पुनः मन्त्री बन्न सफल हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑