• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गृहमन्त्री खाँणद्वारा बाढी क्षेत्रको निरीक्षण

  • वीरगंज संजाल
  • २० भाद्र २०७८, आईतवार ११:१५
  • ४६५७

    वीरगंज। गृहमन्त्री बालकृष्ण खाँणले शनिवार बाढी क्षेत्रको निरीक्षण गर्नुभएको छ ।सोहि क्रममा उहाँले धनुषाको कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीयवासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रूपमा अघि बढाएकामा सराहना गर्दै कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढङ्गबाट अघि बढाइने विश्वास दिलाउनुभयो । त्यस्तै उहाँले उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री खाँणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । सो अवसरमा उहाँले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो ।

    बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराउनुभयो । कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताउनुभयो । गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, उदयपुर र धनुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची मुहान हेलम्बु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुषास्थित कमलानदीबाट भएको कटानको स्थलगत निरीक्षण गर्नुभएको हो ।

    मेलम्ची हेलम्बु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू– बनोटका कारण पहिरो गई हिलो आएर क्षति पु¥याएकाले मुहान क्षेत्रबाटै बलियो पूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताउनुभयो । ग्रेग्रानसहितको हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पु¥याएको बताउँदै उहाँले भन्नुभयो, “पुनर्निर्माणको काम छिटो अघि बढाइनेछ, सबै निकायको समन्वय र सहकार्यमा काम अघि बढाउने विषयमा सरकार गम्भीर छ ।” राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भएपनि मेलम्ची क्षेत्रको पुनर्निर्माण अघि बढाइने उहाँले बताउनुभयो । मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, “सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो ।

    त्यसैले पुनर्निर्माणको कामका लागि ढुक्क हुनुस्, सरकारले सहयोग गर्छ ।” कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाउनुभयो । कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजाराँै जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो ।

    गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो । गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑