• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुस्तैनी भोगचलन गर्दै आएको जग्गा खाली गराउन प्रहरीको बल, ३ परिवारका २० जना भन्दा बढीको भयो बेहाल

  • वीरगंज संजाल
  • १७ भाद्र २०७८, बिहीबार १९:२७
  • ७२०९

    बीरगन्ज ।  बीरगन्जको रानीघाटमा रहेको विवादित जग्गा बुधबार प्रहरीले बल प्रयोग गरी खाली गराएको छ । प्रहरीका अनुसार अदालतको निर्णय अनुसार नै जग्गा खाली गराइएको हो । चार पुस्तादेखी व्यक्तिले भोगचलन गर्दै आएको जग्गा प्रहरीले खाली गराएपछि तीन परिवारका २५ भन्दा बढी बिचल्लीमा परेका छन् । बीरगन्ज महानगरपालिका वडा नं. ९ रानीघाटमा काठमाण्डौं निवासी राणा परिवारको नाममा रहेको २६ धुर जग्गा दान बक्सिसमा प्राप्त भएको भन्दै स्थानीय राजिन्द्र साह तुरहा, विरेन्द्र साह तुरहा र सुरेन्द्र साह तुरहाका परिवार बस्दै आएका थिए । उनीहरुका अनुसार निजका हजुरबुबालाई जग्गा राणाहरुबाट दान बक्सिसमा प्राप्त भएको थियो । २०२१ सालको नापी हुनु भन्दा पहिलादेखि नै पुर्खाहरुले सो जग्गा भोगचलन गर्दै आएको तुरहा परिवारको दाबी छ । हाल चौथो पुस्तालो सोही जग्गामा बसोबास गर्दै आएको राजिन्द्र साह तुरहाको श्रीमती चन्द्रकली देवीले बताइन् ।

    जग्गा काठमाण्डौ निवासीं हेमन्त शमशेर राणा, कनक शमशेर राणा, रुकुम शमशेर राणा र हटक शमशेर राणाको नाममा रहेको भए पनि जग्गा उनीहरुको आमाबुबाले सेवासत्कार, जग्गा जमिनको रेखदेख तथा खेतीपाती गरे बापत तत्कालिन समयमा खुशी भएर बाजे बजैलाई बक्सिस स्वरुप बसोबासका लागि दिएका थिए । राणाहरुले कहिल्यै खाली नगराउने बाचा गर्दै रघुनी साह तुरहालाई जग्गा बसोबासका लागि दिएका थिए । हाल जग्गा स्थानिय मधु देवीको नाममा स्थानिय दलालहरुले जग्गा धनीलाई उचालेर खरिद बिक्री गराएको तुरहा परिवारको आरोप छ ।

    हाल जग्गा बीरगन्ज निवासी मधु देवी कलवारिनको नाममा रहेको छ । उनका देवर प्रमोद कुमार गुप्ताका अनुसार सबै काम कानुन सम्वत तरिकाले भइरहेको छ । जग्गाधनीले जग्गा बेची सकेपछि पाउनु पर्ने आफ्नो अधिकार रहेको गुप्ताको भनाई छ । तर विगत ८ वर्ष देखि जग्गा खाली गराउने विवाद चलिरहेको छ । पटक–पटक स्थानीय स्तरमै भएको छलफलमा जग्गामा विगत लामो समयदेखि बस्दै आएको तुरहा परिवारलाई उचित व्यवस्थापन गर्ने सहमति भएको स्थानीयहरुको भनाई छ । हालको जग्गा धनी मधु देवीका परिवारका सदस्यहरुले स्थानीय स्तरमै ५ देखि ७ धुर जग्गा तथा २० लाख रुपैया दिने सहमति गरेको स्थानिय अगुवाहरुको भनाई छ । तर जग्गाधनीले पुलपारी जग्गा दिने र तुरहा परिवारले भने सोही जग्गाबाट लिने हठ गरेपछि सहमति विफल भएको बताइएको छ । मधु देवीका श्रीमान् जवाहरलाल गुप्ता तथा देवर प्रमोद गुप्ता लगायतकाले न्यायिक समितिले गरेको निर्णय, अदालतले पठाएको चिठीहरु सबै लुकाएर तथा आफुहरुलाई जानकारी र नोटिस बिना जग्गा खाली गराउन आएको तुरहा परिवारले आरोप लगाएको छ । जग्गा खरिद बिक्री हुने बेलामा पनि उनका श्रीमान् जवाहिरलाल साहले आफुहरुलाई जानकारी नै नदिई आफ्नो श्रीमतीको नाम पास गराएको तुरहा परिवारको भनाई छ ।

    जिल्ला अदालतले तुरहा परिवारकै पक्षमा निर्णय गरेको भए पनि सर्वोच्च अदालतमा माग भएको परमादेश खारेज भएको तथा बीरगन्ज महानगरपालिकाका न्यायिक समितिले पनि जग्गा खाली गराउने निर्णय दिए पछि गुप्ता परिवार हौसिएको स्थानयहरुको भनाई छ । तुरहा परिवारका अनुसार हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको र असोज ६ गते तारेख रहेको बताउदंै त्यसको अगावै गुण्डा र स्थानीय प्रहरी लगाएर जग्गा खाली गराइएको तुरहा परिवारको भनाई छ । यता, जग्गाधनी मधुदेवी कलवारिनका परिवारले भने जिल्ला अदालतदेखि सर्वोच्चसम्म सबै ठाउँमा तुरहा परिवारको हार भएको बताउदंै आफ्नो जग्गा आफुले पाउनु पर्ने दाबी गर्दै आएका छन् । जग्गा तुरहा परिवारलाई राणा परिवारले दिए/नदिएको आफुहरुलाई थाहा नभएको बताउदंै मधुदेवीका देवर प्रमोद गुप्ताले राणा परिवारले जग्गा आफुहरुलाई बेचेको बताए ।

    अदालत तथा बीरगन्ज महानगरपालिकाको न्यायिक समितिको निर्णयलाई समेत नमानी लामो समयदेखि जग्गा खाली नगरेका कारण प्रहरी परिचालन गरी जग्गा खाली गराएको जिल्ला प्रहरी कार्यालय पर्साको भनाई छ ।

    तर स्थानीयहरुका अनुसार प्रहरीले जग्गा खाली गराउने क्रममा लाठी चार्ज गरी आवश्यकता भन्दा बढी बल प्रयोग गरिएको, महिला बालवालिकाहरुलाई समेत कुटपिट गरिएको तथा आधा दर्जन भन्दा बढी परिवारका सदस्यहरुलाई पक्राउ गरी हिरासतमा लिएको चन्द्रकली देवी तुरहाले बताइन् । जग्गा खाली गराइए पछि आफुहरु सुकुम्वासी भएको तथा २५ सदस्यीय परिवारलाई वर्षायाममा कहाँ लिएर जाने भन्ने पिर भएको चन्द्रकली देवीले रुदै दुखेसो पोखिन् । जग्गा खरिद प्रकरण तथा जग्गा खाली प्रकरणमा पनि व्यापक धाँधली तथा आर्थिक चलखेल भएको तुरहा परिवारको आरोप छ । यसको सत्यतथ्य छानबिन हुनु पर्ने उनीहरुको भनाई छ । हालसम्म प्रहरीको कुनै पत्र तथा जग्गाखाली गर्ने विषयमा अदालतको समेत कुनै पत्र आफुहरुले नहेरको तुरहा परिवारको भनाई छ ।

    तर जिल्ला प्रहरी कार्यालय पर्साले भने अदालतको आदेशको मात्र पालना गरिएको जनकारी दिएको छ । जग्गा हाली गराउने क्रममा प्रहरी माथि आक्रमण गर्ने, ढुङ्गा प्रहार गर्ने तथा पेट्रोल छर्केर आफैलाई आगो लगाउन खोज्ने ५ जनालाई नियन्त्रणमा लिएको भए पनि पछि छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । यसअघि तुरहा परिवारलाई पटक–पटक जग्गा खाली गराउने जानकारी गराइएको भए जग्गा खाली गर्न नमाने पछि जिल्ला प्रहरी कार्यालयले सुरक्षाको लागि प्रहरी परिचालन गरिएको खनालले बताए । घरखाली भएसँगै गुप्ता परिवारले घरको पर्खाल तोडफोड गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑