वीरगंज । हरेक वर्ष धूमधामले मनाउदै आएको श्री कृष्णजन्माष्टमी यस वर्ष पनि ज्ञानदा एकेडमीले धूमधामले मनाउन सफल भएको छ ।
कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने स्वागत मनतव्य ज्ञानदा एकेडमीका शैक्षिक प्रमुख श्रीमती सन्ध्या वशिष्ठले गर्नु भएको थियो । वहाँले आफ्नो मनतव्यमा यस प्रकारका कार्यक्रमले नयाँ पिढिहरुमा आफ्नो संस्कृति र पराम्पराप्रति गहिरो सम्बन्ध जगाउन प्रेरित गर्ने तथा वहाँले भगवत गीतामा दिएको शिक्षालाई पनि उल्लेख गर्नु भयो जस्तै ः संधै नौलो किसिमको ज्ञान प्राप्त गर्न लालायित हुनु , अरु प्रति नम्र बन्दै जे हुन्छ त्यो राम्रोको लागि हुन्छ भन्ने सोच्नु , लोभ लालच र इष्र्या र डाहमा नपरी आफ्नो कर्तव्य पालना गर्नु साथै कृष्णका विभिन्न रुपहरु जस्तै ः मधुसुदन, कृष्णा , माखन चोर , मुकुन्दा आदिका बारेमा पनि चर्चा गर्नु भयो ।
उक्त अवसरमा ज्ञानदा एकेडमीले फेन्सी ड्रेस र नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । कर्यक्रममा संस्कृति नृत्यका साथै विभिन्न सस्कृति झल्काउने झाँकीका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका छात्र – छात्राहरु, अभिभावक तथा शिक्षक शिक्षिकाहरुको पनि उपस्थितीरहेको थियो । कार्यक्रमको सहजिकरण मौसमी भाङ्गरले गर्नु भएको थियो । कार्यक्रमको सफलताको श्रेय सम्पूर्ण ज्ञानदा परिवारको योगदानले सफल भएको कुरा शैक्षिक प्रमुख वशिष्ठले बताउनु भयो ।