पर्सा । आज पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा यात्रीहरूलाई बस्ने कुर्सीको साथै बृक्षारोपण कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन शमानीको पहलमा श्री नया जनशक्ति युवा क्लब पोखरीया वार्ड नं.४ द्वारा सत्यनारायण क्याल तथा गणेश लाठको सहयोगमा प्राप्त कुर्सी बेवस्थापन तथा बृक्षारोपण कार्यक्रमको सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष रामबाबु चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन शमानीले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरीया नगर पालिकामा शिक्षा, स्वास्थ्य, भौतीक निर्माण, बृक्षारोपण तथा युवाहरूलाई रोजगारीको लागी संघिय
तथा प्रदेश सरकारको साथै बिभिन्न संघ संस्थालाई सहयोगको लागी सधै पहल गर्ने र पालिकामा भएको भ्रष्टाचारको बिरूद संघर्ष गर्ने बताउनु भयो सो कार्यक्रम मा लोजपाका नेता राजनारायण कुर्मी, हरि साह , जय नारायण यादव, क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।