• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मलेसियामा रहेका गोपाललाई स्कुलले कसरी गरायो एसईई पास?

  • वीरगंज संजाल
  • १० भाद्र २०७८, बिहीबार १९:४८
  • २००९

    सप्तरी | सप्तरीको एक विद्यालयले ६ वर्षदेखि वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेको खुलासा भएको छ।यो कुरा बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गर्दै छानबिन अगाडि बढाएको छ।सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि मलेसियामा कार्यरत गोपाल सन्तलाई परीक्षामा सहभागी नभए पनि पास गराएको हो।

    कोरोना महामारीका कारण विद्यालयहरुले अघिल्लो वर्षको एसईईको आन्तरिक मूल्यांकनमार्फत नतिजा निकालेका थिए। सो क्रममा विदेशमा रहेका गोपाललाई २.७५ जीपीएसहित एसईई पास गराएपछि विद्यालयमाथि छानबिन सुरु भएको हो।‘बोर्डले परिपत्र गरेपछि हामीले स्थलगत भ्रमणसँगै यथार्थ विवरणहरु संकलन गर्दै छानबिन अगाडि बढाएका छौँ,’ छानबिन समितिका सदस्य तथा एकाईका सूचना अधिकृत प्रकाश गुरुङले भने, ‘अहिले प्रतिवेदन लेखनको काम भइरहेको छ। एकदुई दिनमै यथार्थ सार्वजनिक हुन्छ।’

    छानबिन समितिले विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष, पालिका प्रतिनिधि, प्राध्यानाध्यापक, मूल्यांकलन समितिका सदस्यहरु, लेखा कर्मचारी, कार्यालय सहयोगीसँग पनि छुट्टाछुट्टै सोधपुछ गरेर विवरणहरु संकलन गरिसकेको गुरुङले बताए। गोपालका पिता राम सन्त सोही विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेकाले विद्यालयको मिलोमतोमा परीक्षा फारम भरेको र विद्यार्थी नै नभएपछि पास गराइएको आरोप लागेको छ। राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ।

    कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको आरोप लागेको छ।प्रधानाध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको भन्दै आफ्नो बचाउ गरे। उनले विद्यार्थीको भौतिक उपस्थितिबिना अङ्क दिनु पर्दा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको बताए। ‘हामीले लिएका परीक्षामा उनी अनुपस्थित छन्। कम्प्युटरमा बसेका मान्छेले लेख्दै गर्दा उसको पनि नाम पर्न गयो र यस्तो भयो,’ प्राध्यानाध्यापक चौधरीले भने, ‘भुलबस भएको मात्रै हो। अहिले रद्द गर्ने प्रक्रिया अगाडि बढिसकेको छ।’

    आफ्नै विद्यालयमा कार्यरत कर्मचारीका छोरा भएकाले पनि धेरैले अनुपस्थित विद्यार्थीलाई पनि मिलेमेतोमा पास गराएको आरोप विद्यालयमाथि लगाएका छन्। तर प्राध्यानाध्यापक चौधरी भने मानवीय त्रुटि भएको दाबी गरे।‘जानी जानी गरेको होइन। हात्तीको चारवटा खुट्टा भएर पनि चिप्लिन्छ। मानिसले काम गर्ने बेला कहिलेकाहीँ बिग्रिन्छ। मिलेमेतोमा भएको होइन। भुलवश नै भएको हो,’ उनले भने। छानबिन समितिका सदस्य गुरुङले भने विद्यालयले प्राविधिक त्रुटि गरेको भए पनि कसले ग¥यो, प्रमाणीकरण गर्ने अन्तिम समयसम्म सरोकारवालाले किन राम्रोसँग चेकजाँच गरेनन्, भन्ने मुख्य प्रश्न रहेको बताए।

    ‘कम्प्युटरमा टाइप गर्दा गल्ती हुन नसक्ने भन्ने होइन। तर विद्यालयले त्यो भन्यो भन्दैमा पत्याउने ठाउँ छैन। छानबिनको निष्कर्ष नआई के भएको हो भन्न सकिन्न,’ उनले भने, ‘टाइपमा पुग्नुअघि चरणवद्ध रुपमा हेर्ने, एकिन गर्ने, पहिचान गर्ने र प्रमाणित गर्ने काममा कसकसले के के गरे भन्ने कुराले बढी अर्थ राख्छ।’ शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले छानबिनबाट गल्ती देखिए शिक्षा नियमावली अनुसार कारबाही हुने बताए। ‘एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाइसकिएको छ। हामीले अध्ययन गर्दैछौं,’ उनले भने, ‘छानबिनको आधारमा विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑