• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा जस्तो भद्रगोल पार्टीबाट मुक्ति पाइयाे : राजेन्द्र महताे

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १४:१८
  • १९१७

    वीरगन्ज ।प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन् ।निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्वीकारेकाले त्योअनुसार शासन, अधिकार र संविधानका लागि लड्ने बताए ।बहुराष्ट्रको नजानेर विरोध गरिएको महतोको भनाइ थियो ।  ‘नेपाल एउटा देश हो । देशमा विवधता छ । नेसनालिटी बहुल छ । बहुल राज्य हो । त्यो अनुसार, शासन, संविधान र अधिकार चाहिएको छ । एउटाको देश होइन के । विभिन्न नेसनालिटी बसेको छ,’ उनले भने, ‘देशलाई खण्डित गर्छ भनेर नबुझेर प्रचार भयो । बुझपचाउनेहरुले गरेको प्रचार हो । बुझ पचाएको हो ।’

    बहुल राष्ट्र नयाँ कुरा नभएको महतोले बताए । महतोले आफ्नो पार्टीको एजेण्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए । ‘नेपाल सबै नेपालीको हो । चार जात छत्तिस वर्णको फुलवारी हो । सबैको भावना समेटिनु पर्‍यो । सबैको देश हो । सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ,’ उनले भने ।नेता महतोले आफूहरुको लाइन गणतन्त्र नै भएको बताए । ‘यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ ? यो भूत भगाउनुस् । हामी गणतन्त्रवादी हो,’ उनले भने ।

    महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि जानकारी दिए । ‘सरकारमा जाने प्रस्ताव आएको छैन । आएको अवस्थामा हाम्रो मूल्यमान्यता, मागको अवस्था हेरेर उचित निर्णय गर्छ । माग मुद्दाका लागि सरकारलाई समर्थन गरिसकेका छौं । माग पूरा गर्‍यो भने जान पनि सकिन्छ,’ उनले भने ।महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरे । नयाँ पार्टी समावेशी पार्टी हुने, हिमाल, पहाड, तराई सबैलाई समेट्ने उनको भनाइ छ । महतोले छिट्टै पदाधिकारीको कार्यविभाजन गर्ने पनि उल्लेख गरे । ‘विगतमा देखिएको कमी कमजोरी हाम्रोमा देखिँदैन,’ उनले भने ।

    नेता शरतसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखतको गरेको जानकारी दिए । ‘सनाखत भयो । दल दर्ता निर्वाचन आयोगले दिने हो । आजै दिन्छ होला,’ उनले भने ।भण्डारीले सरकारमा जानेबारे अहिले कुनै टुंगो नभएको पनि बताए । ‘हाम्रो पार्टी दर्ताको टुंगो लागेपछि बस्छौं । विश्वासको मत दिएकाले सरकारको सहयोगी पार्टी हुन्छौं । माग मुद्दाको सम्बोधनमा भर पर्छ । मुद्दा सम्बोधन प्रतिबद्धता गरेको आधारमा विश्वासको मत दिएको हो,’ उनले भने ।भण्डारीले सरकारमा जानेबारे नसोचेको पनि बताए । ‘माग मुद्दाकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ । माग मुद्दा सम्बोधनका आधारमा सरकारसँग सहकार्य हुन्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑