• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महामारीमा बढ्दो हिंसा ,४३४६ महिला र बालबालिका ‘गायब’

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १६:२१
  • ४९२५

    वीरगन्ज । कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला र बालबालिकामाथि हुने हिंसा एवं बलात्कारका घटना बढेका छन् ।कोभिड–१९ शुरु भएसँगै बलात्कार र घरेलु हिंसाको ग्राफ बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । कोभिड–१९ को अवधि २०७६ चैतदेखि २०७८ असारसम्म ८ हजार ६६९ जना महिला तथा बालबालिका हराएका थिए । तीमध्ये ४ हजार ३४६ जना फेला परेको रेकर्ड प्रहरीसँग छैन ।

    नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलका अनुसार ४ हजार ३४६ जनाको अवस्था अझै अज्ञात रहेको छ । पोखरेल भन्छन्, ‘हराएका तथा बेपत्ता भएकामध्ये अधिकांश निम्न वर्गका र सामाजिक सञ्जाल प्रयोग गर्न नसक्नेहरु छन्, हराउनुअघि उनीहरुले प्रयोग गरेको फिङ्गर प्रिन्ट लिएर पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’

    हराउने बालबालिका र महिलाको संख्या बृद्धि हुनुको कारणबारे एआईजी पोखरेल भन्छन्, ‘हराएका महिला, बालबालिकाको जानकारी प्रहरीमा आउँछ । तर, भेटिएको जानकारी नआउने समस्या पनि छ । ‘हराएका व्यक्तिको सूचना दिने तर, भेटिएको सुचना प्रहरीलाई नदिने अवस्था छ’ एआईजी पोखरेलले रातोपाटीसँग भने, ‘त्यो कारणले पनि हराएकाहरुको संख्या धेरै देखिएको हुन सक्छ ।’

    जीवन यापनका लागि अधिकांश महिला तथा बालबालिका भारततर्फ गएको हुन सक्ने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी । ‘हातमुख जोर्न समस्या भएपछि भारतर्फ गएका पनि हुन सक्छन्’ पूर्वडीआईजी मल्लले रातोपाटीसँग भने, ‘होटल लगायतका क्षेत्रमा काम पाउने आशामा बालबालिका पनि भारत गएका हुन सक्छन्, अर्को कुरा हामीकहाँ हराएको रिपोर्ट हुन्छ, फेला परेको रिपोर्ट गर्ने चलन नहुँदा तथ्यांक बढी देखिन्छ ।’
    नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत २०५२ साल फागुनबाट महिला, बालबालिका सेलको गठन गरेर उनीहरुको मुद्दालाई प्राथमिकता दिएर अनुसन्धान शुरु गरेको थियो । शुरुमा काठमाडौं, ललितपुर, कास्की र मोरङमा महिला बालबालिका सेलले काम शुरु गरेका थिए । तर, अहिले ईलाका स्तरसम्म २३३ ईकाइहरुमा माहिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रित सेवा चालु रहेको एआईजी पोखरेल बताउँछन् ।

    ७४ जिल्लामा बालबालिका खोजतलास केन्द्र
    २०७६ चैत भन्दा पछि हराएकामध्ये ४ हजार ३२३ जना महिला तथा बालबालिका चाहिँ फेला परेका छन् । उनीहरुलाई खोज्न २०६३ मंसिरमा बालबालिका खोजतलास एवं समन्वय केन्द्र स्थापना गरिएको छ । सो केन्द्रमा अहिले डीएसपीको कमाण्डमा १६ जना प्रहरी कर्मचारी कार्यरत छन् ।महिला, बालबालिका हराएमा निशुल्क हटलाइन १०४ र बाल हेल्पलाइन १०९८ मा सम्पर्क गर्न सकिन्छ । मुस्ताङ जिल्लाबाहेक देशका ७४ ठाउँमा बालबालिका खोजतलास केन्द्र छन् ।
    आर्थिक वर्ष २०७७–२०७८ मा वार्षिक ३ हजार ६५८ जना बालबालिका हराएका थिए । यो हिसाबले मासिक रुपमा ३०५ र दैनिक १० जना महिला तथा बालबालिका हराउँछन् ।यस आर्थिक वर्षमा ३ हजार ९ जना महिला तथा बालबालिकालाई खोजी गरेर परिवारलाई बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    दैनिक ७ जना बलात्कृत

    कोभिड–१९ महामारी शुरु भएपछिको १६ महिनाको अवधिमा दैनिक ७ जना महिला र बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्यांक छ । महामारी शुरु भएपछिको अवधिमा  ३ हजार २४७ जना महिला र  बालिका बलात्कारको शिकार भएका छन् । देशभरको यो तथ्यांक विश्लेषण गर्दा मासिक २०३ जना बलात्कृत हुने गरेका छन् । यो संख्याअनुसार दैनिक ७ जनामाथि बलात्कार एवं यौन हिंसा हुने गरेको प्रहरी प्रधान कार्यालयको रेकर्डले बताउँछ ।

    आर्थिक वर्ष २०७५– ०७६ मा बार्षिक २ हजार २३० जना महिला बालबालिका बलात्कृत भएका थिए । आर्थिक वर्ष २०७५–०७६ मा  दैनिक बलात्कृत हुनेको संख्या ७ थियो । आर्थिक २०७७–०७८ मा हालसम्म १ हजार ६६४ जना बालबालिका बलात्कारको शिकार भएका छन् ।चालु आर्थिक वर्षमा ७८० जना बालबालिका यौन दुव्र्यवहारको शिकार भएका छन । महिनामा ६५ जना र दैनिक २ जना बाल यौन दुव्र्यवहारको शिकार हुने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कोभिड–१९ महामारीकै बीचमा ७२ जना महिला बालबालिकालाई अपहरण पछि बलात्कारमा परेका छन् । चार जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांकमा देखिन्छ । अघिल्लो सोही अवधि २०७५ मंसिरदेखि २०७६ फागुनसम्म ६३ जना अपहरणपछि बलात्कारको शिकार भएका थिए भने ६ जनाको बलात्कारपछि हत्या भएको थियो ।


    बढ्यो घरेलु हिंसा
    कोरोना महामारी शुरु भएसँगै घरभित्र हुने हिंसा बढेको छ । कोभिड–१९ महामारी शुरु हुनुअघि आर्थिक वर्ष २०७५–०७६ मा वार्षिक १४ हजार ७ सय ७४ घरेलु हिंसाका उजुरी देशभरका प्रहरी युनिटमा दर्ता भएका थिए । सो आर्थिक वर्षमा २ हजार १३१ मासिक र  दैनिक ४० वटा घरेलु हिंसा हुने गरेका थिए ।कोभिड–१९ शुरु भएपछिको १६ महिनाको अवधिमा १६ हजार ४ सय ३६ घरेलु हिंसा प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी मुख्यालयका अनुसार महामारीमा मासिक १ हजार २७ हिंसाका उजुरी र दैनिक ३४ वटाका दरले घरभित्र हुने हिंसा बढेको छ । आर्थिक वर्ष २०७७–०७८ मा ५७५ जना बालबालिका घरेलु हिंसाको शिकार भएका छन् ।घरेलु हिंसा बढ्नुमा मुख्य दुईवटा कारण रहेको बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी । ‘कोभिडका कारण परिवार अहिले सँगै छन्, एउटै घरमा थुनिएपछि विवाद हुन्छ’ मल्लले भने, ‘अर्को कुरा मान्छेलाई दैनिक गुजारा गर्न पनि गाह्रो भएको छ, त्यसको असर श्रीमान–श्रीमतीलाई पर्छ ।’पसल, व्यवसाय नचल्नु र बालबच्चाको ब्यवस्थापन राम्रोसँग गर्न नसक्दा हिंसा बढेको बताउँछन् मल्ल । उनी भन्छन्, ‘आर्थिक, सामाजिक समस्याले परिवार थिचिएपछि घर झगडा हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑