• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाज सिध्याउँदै छन् युट्युबर

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार १२:४६
  • २५२५

    वीरगन्ज ।संसारको मिडिया यति सशक्त माध्यम रहेछ, कुनै पनि समाजलाई देखाउने ऐना रहेछ। अहिले युट्युब र युट्युबर विषयमा चर्चा गरिरहँदा यसलाई तीनटा दृष्टिबाट हेर्न जरुरी छ, पहिलो मिडियाको दृष्टि, दोश्रो पारिवारिक र तेश्रो सामाजिक र, अन्त्यमा राज्य संयन्त्र त जोडिन्छ नै। सबैभन्दा पहिले हामीले के बुझ्नुपर्‍यो भने युट्युब अहिले सबैका लागि सहज पहुँचको माध्यम बनेको छ। यहाँ सबै युट्युब/युट्युबर राम्रा पनि छैनन्, सबै नराम्रा पनि छैनन्। समाजलाई बुझाउने, ज्ञान दिने या राम्रो बनाउने पनि अहिले यिनै मिडिया बनिरहेका छन्। सँगसँगै समाजलाई भत्काउने र धराशायी बनाउने पनि यिनै बनिरहेका छन्। युट्युब कति राम्रो छ, यसका सन्देशहरु कति उपयुक्त छन्, त्योचाँही युट्युबका ‘एक्टर’हरुमा निर्भर हुने रहेछ। अहिले त टेलिभिजनमा आएका सामग्री पनि युट्युबमा आफ्नो समयानुकुल हेर्ने परम्परा भइसक्यो।

    मिडिया समाजको हतियार हो। यदि यसलाई राम्रोसँग चलाइयो भने समाज सुन्दर बनाउन सक्छ। तर, चलाउन जानिएन भने यसलाई समाजलाई नष्ट नै गर्छ।अहिले हामीकहाँ देखिएका केही युट्युबर (भोजराज प्रवृत्तिका) छन्, जसले समाजलाई सक्न खोजिरहेका छन्। उनीहरुले समाजलाई धराशायी बनाउँदैछन्, परिवार सक्दैछन्, व्यक्तिगत सम्बन्ध सक्दैछन्। उनीहरु अनावश्यक विषयवस्तुलाई क्यामेरामा कैद गरेर समाजलाई सिध्याउनतिर लागिरहेका छन्।परिवारका आफ्नै किसिमका मूल्यमान्यता हुन्छन्। कतिपय कुरा दम्पतीभित्रै राख्नुपर्ने विषय हुन्छन्। तर, प्रविधिको गलत प्रयोगका कारण अहिले छताछुल्ल भइरहेको छ।

    अहिलेको संसार भनेको सञ्चारको हो। हामी ‘कम्युनिकेसन वर्ल्ड’ भन्छौँ। मिडियालाई हामी समाजको हतियार भन्छौँ। त्यही हतियारले काट्दै, छिनाल्दै, समाप्द पार्दै नरसंहार गर्छ भने त्यही हतियारले सुन्दर कल्पनाहरु गर्दै सुन्दर समाज पनि बनाउँछ। युट्युबरहरुका लागि हामी आचारसंहिता बनायौँ कि बनाएनौँ? उनीहरु पत्रकारिताको आचारसंहिताभित्र पर्छन्/पर्दैनन्? पर्छन् भने हामीले उनीहरुलाई आचारसंहिताको दायरामा ल्यायौँ कि ल्याएनौँ? कि ‘इग्नोर’ गरिरहेका छौँ? यसमा पनि राज्यका सम्बन्धित निकाय सचेत भएको देखिँदैन।अर्को कुरा, कुनै पनि मिडियालाई राज्यले संरक्षण पनि गर्नुपर्छ, सँगसँगै नियन्त्रण पनि। यहाँ संरक्षण गरियो/गरिएन मलाई थाहा छैन तर जे भइरहेको छ त्यहाँ राज्यले आँखा चिम्लिरहेको देखिन्छ। हाम्रो जस्तो कमजोर राज्यमा यस्ता तत्वहरु अराजक रुपमा उत्पादन हुन्छन्।

    कोही युट्युबर व्यक्तिगत रुपमा संसार कसरी हल्लाइरहेको छ त? किनभने अहिलेको संसार ‘भाइरल संसार’ भइरहेको छ। जहाँ राज्य एकदम कमजोर छ, जहाँ राज्यले यस्तो विषयलाई बेवास्ता गर्छ, त्यहीँ नै हो यस्तो तत्वहरु जन्मिने र समाजलाई सिध्याउन थाल्ने। संसारमा कहीँ पनि कसैको निजी अर्थात् पारिवारिक जीवन नै ध्वस्त हुने गरी मिडियाले हस्तक्षेप गर्न पाउँदैन। तर, यहाँ त मज्जैले भइरहेको छ। अर्को कुरा, राज्य चलाउने प्रमुख व्यक्ति यदि स्वच्छ छविको छैनन् भने उनीहरुले पनि युट्युबलाई नियन्त्रण गर्न सक्दैन। किनभने युट्युबरले भोलि उनीहरुको कर्तुत छताछुल्ल बनाइदिन सक्छन्। त्यही भएर पनि उनीहरु चुप लागेका हुन सक्छन्।

    अब युट्युबलाई परिवारसँग जोडेर हेरौँ। संसारमा सबैभन्दा सशक्त र शक्तिशाली संस्था भनेको परिवार नै हो। तर, जब पुँजीवाद त्यहाँभित्र पस्दै जान्छ, जब मिडिया त्यहाँभित्र घुस्न थाल्छ, तब परिवारमा द्वन्द्व सुरु हुन्छ। पुँजीवादले कसरी परिवारलाई ध्वस्त बनाउँदैछ, अहिले युट्युबरले परिवारलाई किन आफ्नो विषय बनाउँदैछन्, किन अरुको नीजि जीवनमा घुस्दैछन्, त्यो आजको महत्वपूर्ण प्रश्न बनेको छ। हामीले सुन्नै नसक्ने कुराहरु अहिले युट्युबरहरुले विषय बनाउँदैछन्। विकसित र ठूला देशहरुमा किन यस्ता कुरा आउँदैनन्। हामीकहाँ किन आइरहको छ भने यहाँ परिवार कमजोर हुँदैछ। परिवार किन कमजोर हुँदैछ भने हामीकहाँ अधिकांश मानिस रोजगारीका लागि विदेश जान बाध्य छन्।

    परिवारका आफ्नै किसिमका मूल्यमान्यता हुन्छन्। कतिपय कुरा दम्पतीभित्रै राख्नुपर्ने विषय हुन्छन्। तर, प्रविधिको गलत प्रयोगका कारण अहिले छताछुल्ल भइरहेको छ। म के भन्छु भने जब कुनै पनि घर या परिवारमा मिडिया पुग्छ भने त्यो ध्वस्त हुन थाल्छ। किनभने सम्बन्धमा आउने समस्या परिवारभित्र मात्रै हुँदा त्यो परिवार बसेर सम्हाल्न सकिन्थ्यो तर युट्युबरहरुले त परिवारका समस्या समाजमा मात्रै होइन, संसारभर फैलाइदिन थाले। दम्पतीहरुको डिभोर्ससम्म गराइदिन थाले। अर्को डरलाग्दो पक्ष के छ भने अहिले युट्युबमा यस्तै पारिवारिक झगडाका विषयमा बनाइएका भिडियो नै ट्रेन्डिङमा आइरहेका हुन्छन्। त्यसैले होला, अहिले केही युट्युबरको सबैभन्दा ठूलो व्यापार नै पारिवारिक द्वन्द्व या पारिवारिक विषय बनिरहेको छ। हाम्रो समाज कता जाँदैछ, कस्ता विषयमा रुचि राख्दैछ, यसैले पनि स्पष्ट पार्छ।

    संसारमा कहीँ पनि कसैको निजी अर्थात् पारिवारिक जीवन नै ध्वस्त हुने गरी मिडियाले हस्तक्षेप गर्न पाउँदैन। तर, यहाँ त मज्जैले भइरहेको छ।
    जहाँ परिवारमा द्वन्द्व छ, जहाँ परिवारमा अभाव छ, युट्युबर हातमा एउटा क्यामेरा बोकेर खोजी खोजी त्यहाँ पुगिरहेका छन्। कसैको द्वन्द्वमाथि झन् द्वन्द्व थप्नु भने आगोमा घिउ थप्नु हो। परिवारका समस्या त परिवारभित्रै मिल्न सक्थ्यो, यहाँत्यहाँको समाजले मिलाउन सक्थ्यो। तर युट्युबरहरू यसरी घुसिरहेका छन् कि त्यसले मिल्ने होइन, झन् बिगार्ने माहोल सिर्जना गरिरहेको छ।

    बाहिर एउटा ‘हरर’ किसिमको सनसनीखेज शीर्षक राखिएको हुन्छ, भित्र खोल्दा त्यस्तो केही हुँदैन। यसलाई अंग्रेजीमा ‘ब्याड कम्युनिकेसन’ भनिन्छ। भनिन्छ, यस्तो खराब सञ्चार चाँहि समाजका लागि विष हो। यो विष विस्तारै फैलिदै जान्छ र पूरै समाजलाई ग्रसित बनाउँछ। हामीले यस्ता खराब प्रवृत्तिका मिडियालाई बेवास्ता गर्दै गयौँ भने यसले मूलधार भनिने मिडियाकै छवि पनि धमिल्याउन सक्छ। त्यसैले अहिले हामीले ‘युट्युबले यसो गर्‍यो, युट्युबर यसरी बढे’ भनेर गाली गरेर मात्रै पुग्दैन। यसलाई बढाउन कसले भूमिका खेल्यो? पक्कै तपाई, हामी पनि यसमा जिम्मेवार छौँ। मेनस्ट्रिम मिडियाले किन यसमा आपत्ति जनाइरहेको छैन? किनभने अहिले उनीहरुका परिवारभित्र त्यस्तो परेको छैन। जब पर्छ, त्यसपछि मात्रै चेत्छन्।

    अर्को गम्भीर कुरा के छ भने हामीकहाँ अहिले युट्युबरहरुले खोजीखोजी देखाइरहेको पारिवारिक द्वन्द्व, डिभोर्सका भिडियोले विदेशमा रहेका लाखौँलाख नेपालीमा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पारिरहेको छ। उनीहरु तिनै भिडियोहरु हेरेर, नकरात्मक सोच्न बाध्य भइरहेका छन्, आफ्नै श्रीमान्/श्रीमतीप्रति शंका–उपशंका गरिरहेका छन्। परिवारका अविश्वास झन् झन् बढिरहेको छ। त्यसैले युट्युबरहरु यसरी नै अघि बढिरहे भने अबको १० वर्षमा हाम्रो समाज कहाँ पुग्छ? यो निकै चिन्ताको विषय हो। अब त कसैसँग बदला लिनु छ भने एउटा युट्युबरलाई बोलाएर उसको क्यामेराअघि मनपरी बोलिदिए पुग्ने भो। सोच्नुस् त, यो कति डरलाग्दो समय भयो!

    समाजमा जब तुलना र बदलाको भावना बढ्दै जान्छ, त्यसले समाजलाई भत्काउँदै लान्छ। त्यसैले म के भन्छु भने, अहिले यो समस्या भनेको युट्युबरको समस्या मात्रै हो, यो मिडिया जगतकै समस्या हो। नेपालको मिडियाकै हो। नेपालको मिडियाको मात्रै होइन, तपाईं-हाम्रै हो। हामीकहाँ भाइरल मोह बढिरहेको छ। हरेक कुरा भाइरल बनाउन खोजिँदैछ। अहिले अधिकांश युट्युबरको उस्तै चाहना देखिन्छ– मेरो कन्टेन्ट भाइरल होस्, लाखौँले हेरिदिउन्, अनि लाखौँ पैसा कमाइयोस्। अनि, त्यस्तै विषय खोज्दै हिड्छन् उनीहरू। प्रोपोगान्डा, स्क्यान्डल आफैँमा राम्रो कुरा होइन। जब समाज विचलनतिर जान्छ, त्यतिखेर मान्छेहरु नकारात्मक कन्टेन्टतिर बढी आकर्षित हुन्छन्। यसलाई नियन्त्रण गर्न पनि बहस र आचारसंहिता आवश्यकता छ। यसलाई नरोक्ने हो भने त यो च्याउसरह उम्रेर फैलने पक्का छ।

    (समाजशास्त्री प्रा डा उप्रेतीसँग नेपाल समयका अनिल यादवले गरेको कुराकानीमा आधारित।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑