• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परीक्षा सरेको सर्‍यै, विद्यार्थी र अभिभावकलाई भविष्यको चिन्ता

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार ०८:२३
  • २१४९

    वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने भनेर सूचना जारी गरेपछि भेषराज उपाध्याय गत साउन १५ गते परीक्षा दिन कैलालीबाट काठमाडौँ आए । परीक्षा हुन्छ भन्ने थाहा पाएपछि ताप्लेजुङबाट विनिता शर्मा पनि काठमाडौँ आइन् ।परीक्षा लेख्न तयार भएका उनीहरू राष्ट्रिय परीक्षा बोर्डको निर्णयले निराश भएका छन् । समयमै परीक्षा दिएर उच्च शिक्षाको तयारी गर्ने सोच बनाएका भेषराजले परीक्षा फेरि स्थगित भएपछि आफू तनावमा परेको बताए । समयमै परीक्षा हुन नसक्दा भविष्य नै अन्योलमा परेको उनको भनाइ छ । भेषराजले भने, ‘समयमै परीक्षा नहुँदा भविष्यमा आउने अवसरहरू छुट्छन् कि भन्ने चिन्ता बढ्न थालेको छ ।’

    उनी एमबीबीएसको तयारी गर्ने विचारमा छन् । दिमागमा सधैँ परीक्षाको बोझ अनुभव भएको पनि उनको भनाइ छ । प्रत्यक्ष उपस्थिति वा भर्चुअल जुन तरिकाबाट भए पनि उनी चाँडै परीक्षा होस् भन्ने चाहन्छन् । उनी त्रिपुरेश्वरस्थित विश्वनिकेत माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।विनिता परीक्षा दिने भनेर ताप्लेजुङबाट आए पनि अब कहिले हुन्छ भन्ने टुङ्गो नहुँदा चिन्ता लागेको छ । परीक्षाको तयारी गरेर बसेकी एलिशा थापालाई पनि दिक्क लागेको छ । कोरोना महामारीको नाममा बारम्बार परीक्षा स्थगित हुँदा मानसिक तनाव हुने गरेको उनले बताइन् ।

    उनले भनिन् ‘परीक्षा सकेर अर्को काम गर्ने सोच बनाउँछु, फेरि रोकिन्छ ।’ उनले उच्च शिक्षाका लागि विदेश जाने सोचमा रहेका आफ्ना केही साथीहरू पनि तनावमा रहेको बताइन् ।गत वैशाखमा सकिनुपर्ने परीक्षाको भदौमा पनि नहुँदा विद्यार्थीहरूमा निराशा छाएको एलिशाको भनाइ छ । कोरोना महामारीले शिक्षा क्षेत्र ध्वस्त पारेको उनले बताइन् ।आफ्ना छोराछोरीको परीक्षा बारम्बार रोकिँदा आफूहरूलाई पनि तनाव हुने गरेको अभिभावक कमला थापाले बताइन् । उनले प्रश्न गरिन्, ‘नेताहरूले आफ्नो स्वार्थका लागि आन्दोलन गर्दा कोरोना नसर्ने तर विद्यार्थीहरूको परीक्षा सञ्चालन गर्दा कोरोना सर्ने, यो कस्तो खालको कोरोना हो ?’

    उनका अनुसार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले आफ्नो सुरक्षा आफैँ गर्न सक्छन्, सुरक्षामा सबै मापदण्ड पूरा गरेर परीक्षा लिँदा हुन्छ । उनले भनिन्, ‘कोरोना जोखिम रहेको भन्दै विद्यालय बन्द र परीक्षा स्थगित गर्दैमा पनि बालबालिका सुरक्षित छन् भन्ने होइन ।’उनका अनुसार अभिभावकहरू दिउँसोभरिका काममा जान्छन्, घरमा भएका बालबालिका सुरक्षित छन् भनेर ढुक्क हुने अवस्था छैन । जतिसक्दो चाँडो परीक्षा गर्नुपर्ने उनको भनाइ छ । पटक पटक परीक्षा सार्दा विद्यार्थीको भविष्य नै अन्योलमा परेको कमलाले बताइन् ।

    कोरोना महामारीको जोखिम बढेको भन्ने कारण देखाउँदै राष्ट्रिय परीक्षा बोर्डले शनिबार सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको छ ।बोर्डले परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ । परीक्षाको तयारी गरेको बार्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा परीक्षा स्थगन गरेको हो ।परीक्षा स्थगित भएपछि तयारी गरेर बसेका करिब चार लाख विद्यार्थीहरू अन्योलमा परेका छन् । कक्षा १२ को परीक्षा स्थगित भएको यो दोस्रो पटक हो । यसअघि बोर्डले जेठ २६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको जोखिम बढेको कारण देखाएर साउन अन्तिमा पुर्‍याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑