वीरगन्ज । वीरगन्जमा आई टी आर्मीको जिल्ला भेला सम्पन्न भएको छ । आज वीरगन्जस्थित पदम पार्टी सेन्टरमा सन्तोष पटेलको संयोजकत्वमा जिल्ला कमिटी गठन भएको छ ।
आज भएको आइ टि आर्मीको भेलामा हजारौं युवाहरुको सहभागितामा पर्सा जिल्ला भेला भव्यताका साथ सम्पन्न भएको छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, गरीब माथिको अत्याचार, खुलेआम लुटआतंक, बेथिति एवम् गलत शासन व्यवस्थाको विरुद्ध संघर्ष गर्दै देशमा समाजवादी ब्यवस्था स्थापना गर्ने अठोटका साथ आइ टि आर्मी भेला सम्पन्न भएको छ।
जनप्रीय नेता पूर्वमन्त्री प्रभु साहले सूचना प्रविधिमार्फत नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आइटी आर्मी गठन गरिएको बताएका छन्। वीरगन्जस्थित पदम पार्टी सेन्टरमा आज शुक्रवार भएको भेलामा नेता साहले स्वतन्त्र युवाहरूको प्रयासमा गठन भएको आइटी आर्मीले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिविरुद्ध संघर्ष गर्ने बताएका हुन्।
यसले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेतिथिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास सहित सफलताको हार्दिक शुभकामना समेत साहले दिनु भएको छ ।’उनले आइटी आर्मीले विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। आई टी आर्मीको पर्सा जिल्ला भेलामा राष्टि्य गायक सुनिल पण्डितको प्रस्तुति पनि प्रस्तुत भएको थियो ।