बीरगन्ज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. २ मा नवनिर्मित वडा कार्यालयकाे उद्घाटन भएकाे छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रामप्रित महताेले भवनकाे उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष महताेले नविनिर्मित भवनबाट हुने सेवा प्रवाह सहज हुनुपर्नेमा जाेड दिएका थिए । आर्थिक बर्ष २०७४/०७५ र २०७७/०७८ काे याेजना अन्तर्गत वडा कार्यालय भवनकाे निर्माण कार्य सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले जानकारी गराए ।३ वटा काेठा, एउटा तालिम हल र एउटा सधारण हल भएकाे एक तल्ले भवन निर्माण भएकाे प्रमुख प्रशासकिय अधिकृत मेहताले बताए ।
भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुनी, वडाध्यक्ष महादेव महताे थारु, वडा सदस्य नन्दकिशाेर प्रसाद कानु, शंकर पटवारी, श्रीकान्ती देबी, सहुत देवी, गाउँपालिकाका कर्मचारी सराेज दास, उपेरन्द्र चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।