• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अबको निषेधाज्ञाको मोडालिटी कस्तो? खुल्न बाँकी क्षेत्रमा होला सहज?

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १५:०१
  • २२९३

    काठमाडौं | अब पनि निषेधाज्ञा थपिएला?धेरैको जिज्ञासा यही छ। काठमाडौं उपत्यकाभित्र मात्र होइन अहिले निषेधाज्ञा भएका ७५ वटै जिल्लामा रहेका नागरिकको साझा प्रश्न हो – के होला अबको निषेधाज्ञा?यही प्रश्न हामीले ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई सोध्यौं। उनको जवाफ भने अपेक्षा गरेभन्दा खासै फरक थिएन।

    दोस्रो लहरमा कोरोना भाइरसका संक्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकारी जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ। त्यसैले पनि प्रजिआ निरौलाको उत्तरले काठमाडौं उपत्यकाभित्र थप निषेधाज्ञा हुने स्पष्ट गर्छ।त्यस्तै, यही प्रश्नको जवाफ काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि उस्तै हिसाबले दिए। ‘स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ। केही खुकुलो बनाएर थपिन्छ भन्ने हो,’ सीडीओ पराजुलीले भने।

    काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा भने तीन जिल्लाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेर छलफल गरि निर्णय गर्छन्। उनीहरुको निर्णयलाई जिल्ला कोभिड संकट व्यवस्थापन समिति (​डीसीसीएमसी) निर्णयले केही मार्गनिर्देशन गरेको हुन्छ।काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदखि जारी रहेको निषेधाज्ञा असार १४ गते रातिबाट सकिँदैछ। भोलि( आइतवार) बस्ने सीडीओहरुको बैंठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। भोलि बैठक बस्न नसेको खण्डमा पर्सि बसेर छलफलपछि निर्णय गर्नेछ।

    ‘दुई दिन समय छ। हामी छलफलमा बसेर कति दिन र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने छौं,’ ललितपुरका सीडीओ निरौलाले भने।एक साताअघि थपिएको निषेधाज्ञाले जनजीवनलाई केही खुकुलो बनाएको छ। अहिले अधिकांश प्रकारका पसलहरुलाई समय र वार तोकेर खोल्न दिइएको छ। अनि निजी सवारी साधनलाई समेत चल्न दिइएको छ – जोर बिजोरका आधारमा। होटेल  र रेष्टुराँले टेक अवे सुरु गर्न पाएका छन्।

    सिनेमा हल, सपिङ मल, मठ मन्दिर, स्कुल कलेज  लगायत मानिसको धेरै भिडभाड हुने क्षेत्रलाई अझै पूर्ण रुपमा निषेध गरिएको छ। त्यस्तै, सार्वजनिक सवारी साधान समेत निषेधको मारमा परेको छ। यी क्षेत्रमा अब थपिने निषेधाज्ञामा सम्बोधन कसरी हुन्छ?अबको रणनीति पनि निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ। तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेको सीडीओ निरौलाले बताए।

    ‘माग भएका क्षेत्रलाई केही खुकुलो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। फेरि छलफलबाट केही होला। केही खुकुलो हुन्छ,’ सीडीओ निरौलाले भने।त्यसो त निषेधाज्ञा अझै खुकुलो बनाउने भन्नुको अर्थ कुनै क्षेत्र खोल्नुमात्र होइन। अहिले संचालन गर्न दिएको क्षेत्रलाई समय बढाउनु पनि खुकुलो बनाउनु भित्र नै पर्छ। खुकुलो बनाएर संचालनमा ल्याएका क्षेत्रबाट संक्रमणलाई के कस्तो असर पर्‍यो भन्ने सम्बन्धित निकायको सुझाव लिएर निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको हो।

    केही निकायले संक्रमण बढेको भन्दै निषेधाज्ञा कडा गर्न सुझाव समेत दिएका छन्। तर, अस्पतालको बेडमा बिरामीको अवस्था, सङ्ख्यात्मक रुपमा संक्रमण दर दुवैमा कमी छ। यसकै आधारमा कोरोना भाइरस नियन्त्रणतिर आएको भन्ने पनि छ। तर, अहिले नियन्त्रण भएको संक्रमण केही समय अघिको कडा निषेधाज्ञाका कारण हो। र, अहिलेको भिडभाडले संक्रमण बढ्नसक्ने जसको असर केहीपछि मात्र देखिने भन्ने किसिमका सुझाव पनि सीडीओ कार्यालयलाई प्राप्त भइरहेको एक अधिकृतले जानकारी दिए।वैशाख महिनादेखि बन्द रहेको आन्तरिक उडान पनि असार १७ गतेदेखि संचालन हुने भएको छ। तर, हवाई उडानको सङख्यामा कटौती गरिएको छ। आधामात्र जहाजले उडान गर्न पाउने छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑