• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सूचना प्रविधिको पूर्वाधारमा बढ्यो लगानी

  • वीरगंज संजाल
  • ११ असार २०७८, शुक्रबार ०८:०४
  • ४९८५

    वीरगन्ज । कोरोना महामारी सुरु भएपछि सूचना प्रविधिको क्षेत्रमा लगानी उल्लेख्य बृद्धि भएको छ।विशेषगरी इन्टरनेट तथा टेलिफोन सेवा दिने कम्पनीहरुले यो क्षेत्रमा लगानी गरेका हुन्। सूचना प्रविधिको पूर्वाधार निर्माणमा उपयोग हुने उपकरणको आयातमा भएको बृद्धिले लगानी बढेको देखाउछ।

    भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको १० महिनामा अघिल्लो वर्षको १२ महिनाको भन्दा ७ अर्ब बढीका यस्ता उपकरणको आयात भएको छ। यस्ता उपकरणमा लागत बढेर तथा अमेरिकी डलरको भाउ बढेर केही बढेपनि नेपालमै पूर्वाधार विस्तार धेरै भएकाले आयात बढेको सरोकारवालाहरुको भनाइ छ।

    पछिल्ला तीन वर्षको सबैभन्दा धेरै यस्ता उपकरण आयात भएका छन्। अघिल्लो वर्ष २१ अर्बका उपकरण आयात भएका थिए भने यो वर्षको २० महिनामा २८ अर्बको आयात भएको थियो।

    चार वर्षअघि ३२ अर्बको उपकरण आयात भएको थियो। त्यसपछिका दुई वर्ष उपकरण आयात घटेपनि यो वर्ष भने ह्वात्तै बढेको छ।

    यस्ता उपकरणमा टेलिफोन सेवाका लागि आवश्यक उपकरण, इन्टरनेट सेवाका लागि आवश्यक उपकरण हुन्। जसको जति धेरै आयात हुन्छ त्यति धेरै नेपालमा सेवा विस्तारमा काम भएको मान्न सकिने सरोकारवालाहरुको भनाइ छ।

    यस्ता उपकरणको आयात बढ्नु भनेको नेपालमा डिजिटाइजेशनको क्षेत्रमा उल्लेख्य काम भइरहेको भन्ने कुरा देखाउने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको भनाइ छ।

    अधिकारीले भनेजस्तै यसलाई सूचना प्रविधको पुर्वाधारमा लगानी बढेको मान्ने हो भने कोरोना महामारीकै समयमा लगानी बृद्धिदर तीव्र भएको छ।

    ‘कोरोना महामारी सुरु भएपछि डिजिटाइजेशन तीव्र भएको छ। अहिलेको समयमा माइक्रो लेभलमा काम भइरहेको छ। प्रत्येक अफिस,घर र व्यक्तिहरु इन्टरनेटमा कनेक्ट भइरहेका छन्’ अधिकारीले भने’यसरी कनेक्सन बढाउनका लागि आवश्यक यन्त्र उपकरणको आयात बढ्नुले त्यही बृद्धिदर देखाउछ।’

    देशकै ठूलो दूरसञ्चार सेवाप्रदायक सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि यो अधविमा पूर्वाधार निर्माणमा उल्लेख्य काम गरेको छ। अधिकारीका अनुसार फोरजी सेवा विस्तारका लागि भइरहेको काम, सहरी क्षेत्रमा अप्टिकल फाइबरको विस्तार जस्ता काम अघिल्ला वर्षको तुलनामा अझ तीव्र भएको छ।

    पछिल्लो समय नेपालको आन्तरिक बजारमा सूचना प्रविधिको पूर्वाधारमा हुने लगानी बढ्नुमा तीन कारण देख्छन् इन्टरनेट सेवाप्रदायकहरुको संघ आइएसपिएनका अध्यक्ष सुधिर पराजुली।

    पराजुलीका कारण प्रत्येक स्थानीय तहमा इन्टरनेट कनेक्टिभिटी पुर्‍याउने योजना,लकडाउनका कारण ग्राहकमा भएको बृद्धि र इन्टरनेट व्यान्डविथको मागमा भएको बृद्धिका कारण पूर्वाधारमा लगानी बढीरहेको छ।

    ‘यी सबै कारणले गर्दा पूर्वाधारमा लागनी आवश्यक देखियो। ठ्याक्कै कति लगानी बढ्यो भन्ने आँकडा नभएपनि बढेको कुरा हामी आफैले पनि अनुभव गर्नसक्छौं’ उनले भने।

    यो बीचमा तारबाट इन्टरनेट लिने ग्राहक तथा मोबाइलबाट इन्टरनेट सेवा लिने ग्राहकको संख्यामा उल्लेख्य बृद्धि भएको छ। नेपाल दूरुञ्चार प्राधिकरणका अनुसार ब्रोडब्यान्ड इन्टरनेट ग्राहको संख्या २२ प्रतिशतले बढेको छ। तारबाट इन्टरनेट लिने ग्राहकको संख्या भने ४२ प्रतिशले बढेको छ।

    ग्राहक बृद्धि भएपछि सोहीअनुसारको यन्त्र उपकरण आवश्यक हुने र यसले थप लगानीको माग गर्ने पराजुलीको भनाइ छ।

    त्यस्तै यो बीचमा टेलिकम कम्पनीहरुले फोरजी सेवाका लागि थप उपकरण जडान गरेका छन् भने तारबाट इन्टरनेट दिनेहरुले फाइबर,राउटर जस्ता उपकरण थप गरेका छन्। यो लगानी बृद्धिमा कोरोना महामारीका कारण सिर्जना भएको परिस्थितिको पनि केही हात भएको पराजुलीको भनाइ छ।

    ‘महामारीका कारण मान्छेहरु धेरै इन्टरनेटमा निर्भार भए। दैनिक कामदेखि मनोरञ्जनसम्मका काम इन्टरनेटबाटै हुन थाले। त्यसले गर्दा थप लगानीको माग गर्‍यो। जसको प्रतिफल हाम्रो उपकरण आयातको तथ्यांकबाट पनि देखिन्छ’ उनले सेतोपाटीसँग भने।

    पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गरि देशभरका स्थानीय तह,विद्यालय,स्वास्थ्य संस्थास्म इन्टरनेट सञ्जाल पुर्‍याउने काम गरिरहेको छ। सेवाप्रदायकहरुलाई रकम दिएर गरिएको यस्तो कामले पूर्वाधारमा लगानी बढाएको पराजुलीको बुझाइ छ।

    अहिलेको इन्टरनेटको पूर्वाधारमा भएको लगानीका कारणले गर्दा उपभोक्ता खपतमा पनि प्रभाव देखिंदै जाने पराजुलीको भनाइ छ। अहिलेको तीव्र पूर्वाधार विस्तारले गर्दा भोलिका दिनमा उपभोक्ताहरु धेरैभन्दा धेरै इन्टरनेटमा जोडिंदै जाने र त्यसले गर्दा सोहीअनुसारका व्यक्तिगत तथा संस्थागत डिभाइसको माग बढाउँदै जाने छ।

    ‘अहिले नै घरयासी उपकरणहरु इन्टरनेटबाट जोडिनेखालका छन्। आइओटी(इन्टरनेट अफ थिंग्स) डिभाइसको माग र खपत बढ्छ। यसले हाम्रो जीवनशैली पनि दिशानिर्देश गर्ने छ’ उनले भने।

    गएको वर्षदेखि शैक्षिक सिकाइका कार्यक्रमहरु इन्टरनेटको माध्यमबाट भएका छन्। यही कारणलेमात्र पनि व्यक्तिगत डिभाइसको माग बढाएको छ। सामन्य स्मार्टफोनदेखि ल्यापटपसम्मको खपत यही अवधिमा बढेको छ। आगामी दिनमा यसको रफ्तार झन् तीव्र हुने पराजुलीको विश्वास छ।

    भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले मोबाइलको आयात बढेको छ। यो वर्ष ३४ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑