मुम्बई | करोडौं प्रशंसकहरुको स्वास्थ्यलाई हानी पुऱ्याउने किसिमका मदिरा तथा सूर्तिजन्य पदार्थहरुको विज्ञापन गर्न नहिच्किचाउने कलाकार नभएका होइनन् ।यद्यपि, बलिउडका बाहुबली अर्थात अभिनेता प्रभास जस्ता कलाकार पनि छन् जसले करोडौं रुपैयाँ रुपैयाँ पारिु।मिक आउने विज्ञापनलाई समेत अस्विका गर्छन् ।भारतमा प्रभास लोकप्रिय नाम हो ।उत्तरदेखि दक्षिणसम्म उनका करोडौं प्रशंसक छन् ।जसका कारण विभिन्न विज्ञापन कम्पिनीहरु उनीमाथि दाउ लगाउन चाहन्छन् ।
उनलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाउन चाहन्छन् ।पछिल्लो एक वर्षमा प्रभासलाई १ सय ५० करोड भारतीय रुपैयाँ भन्दा धेरै ब्रान्ड एन्डोर्समेन्ट अफर प्राप्त भएको थियो, तर प्रभासले सबै प्रस्तावलाई अस्वीकार गरे ।आफ्ना प्रशंसकप्रति आफ्नो जिम्मेदारी बुझ्ने भएकाले प्रभासले ती प्रस्तावहरु अस्वीकार गरेको बताएका छन् ।
उनी त्यस्ता कुनै कुराको विज्ञापन गर्न चाहँदैनन्, जसको प्रयोगमा उनी स्वंयलाई सहज महसुस हुँदैन ।प्रभासले विज्ञापन नगर्ने होइन, तर उनी त्यस्ता विज्ञापन गर्न चाहन्छन्,जुन उनलाई मन पर्छ ।आफूले कुनै पनि कुराको विज्ञापन गर्दा मानिसले बिना सोच–विचार त्यो सामानलाई प्रयोग गर्छन् भन्ने उनलाई थाहा छ