करेन्ट लागेर घाइते भएका चन्दनलाई नगर प्रमुख सरावगीद्धारा आर्थिक सहयोग प्रदान
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार २२:४०
३४८३
वीरगन्ज।करेन्ट लागेर घाइते भएका चन्दन कुमारलाई नगर प्रमुख सरावगीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने अच्छेलाल पटेलको छोरा चन्दन कुमारलाई गत असोज २० गते करेन्ट लागेर नारायणी अस्पतालमा भर्ना भएका चन्दन कुमारको स्वास्थ्य अवस्था बुझ्न नगर प्रमुख सरावगी आइतबार दिउसो पुग्नु भएको थियो ।
पटेलको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको लागी रु ५ हजार आर्थिक सहयोग समेत गर्नुभएको छ । आर्थिक अवस्था कमजार भएका पटेको उपचारमा महानगरपालिकाबाट समेत सहयोग प्रदान गरिने बताउदै उहाले नगरबासीको हरेक सुख दुखमा आफु सधै साथ रहेको बताउनु भयो ।नगर प्रमुख सरावगीले पटेलको उपचारमा कुनै कमि हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।