वीरगन्ज । साइबर सुरक्षा विज्ञ ज्याक डाेफम्यानले अर्को वर्ष (२०२२) सम्म लाेकप्रिय च्याट एप फेसबुक म्यासेन्जर प्रयोग नगर्न आग्रह गरेका छन् । अहिले फेसबुक म्यासेन्जर प्रयोग गरी च्याट गर्नु भनेको जाेखिममा पर्नु हो भन्दै उनले इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म यसबाट टाढा रहन सुझाएका हुन् ।
‘तपाईंले आफ्ना व्यक्तिगत कुराकानी ह्वाट्सएप, सिंगललगायतका सुरक्षित एपबाट गर्न सक्नुहुन्छ,’ डोफम्यानले फाेर्ब्समा लेख लेख्दै भनेका छन, ‘सुन्दा अच्चम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्राे पक्षले पहुँच राख्न सक्छ ।’उनले लेखेका छन्, ‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू गरिएकाे छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’
यो सुरक्षा कमजोरीको विषयमा फेसबुक कम्पनी पनि जानकार छ । केही समय अघिमात्रै उसले म्यासेन्जरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस उपलब्ध गराउने घाेषणा गरेकाे छ । याे फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ ।त्यति बेलासम्म सुरक्षाका लागि फेसबुक म्यासेन्जर जाेखिम नै रहेकाले डोफम्यानले यसकाे प्रयाेग नगर्न सुझाव दिएका हुन् ।