• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आजदेखि तमू अन्तर्राष्ट्रिय सम्मेलन, ७ सय प्रतिनिधि काठमाडौंमा

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार ०९:०४
  • ३९८७

    काठमाडौं । आज (शुक्रबार)देखि काठमाडौंमा पहिलो तमू अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा करिब ७ सय प्रतिनिधिको सहभागिता रहने सम्मेलन आयोजक समितिका संयोजक तथा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    अध्यक्ष गुरुङका अनुसार विश्वभरका तमू (गुरुङ)हरुलाई एकताबद्ध गरी तमू (गुरुङ)हरुको स्वःपहिचान र इतिहासलाई जीवन्त राख्नुका साथै तमू (गुरुङ) समुदायको हक, हित र सुमन्नतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको अयोजना तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्ले गरेको उनले बताए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    सम्मेलनमा बेलायत, अमेरिका, युरोप, हङकङ, जापान, भारतलगायत ३५ देशमा रहेका तमुहरुको सहभागिता रहने उनले बताए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    के–के हुन् अन्तर्राष्ट्रिय सम्मेलनका उद्देश्य ?

    क. मिति २०७३ कार्तिक ६ र ७ गते सुनसरी जिल्लाको धरानमा ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन सम्पन्न गरिसकेको सन्दर्भमा संसारभर रहेका तमू संघ–संस्थाहरुसंग सम्पर्क, समन्वय बढाउदै तमू (गुरुङ)हरुको एकतालाई थप सुदृढीकरण गर्ने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    ख. संसारभर विभिन्न स्थानरराज्यरभुभागमा गठन भएको तमू (गुरुङ) संघ–संस्थाहरुलाई समन्वय गरी तमू समुदायको हक, हित र समुन्नतीका लागि संगठित गर्ने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    ग. संसारभर रहेका तमू (गुरुङ)हरुको इतिहास, भाषा, लिपी, धर्म, साहित्य, सँस्कार, संस्कृति, परम्पराकोसंरक्षण र सम्बद्र्धन गर्ने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    घ. संसारभर बसोबास गर्ने तमूहरुबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरुको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्ने ।

    ङ. तमूहरुको आधिकारिक लिपी खेमा लिपिको संरक्षण, सम्बद्र्धन गर्ने ।

    च. संसारभर बसोबास गर्ने तमूहरुबीच संस्थागत तथा व्यक्तिगत सञ्जाल निर्माण गर्ने साथै उक्त सञ्जाल मार्फत तमू समूदायको आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक, राजनीतिक आदि बृद्धि र विकास गर्न गराउनमा उत्प्रेरित गर्ने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    छ. विश्वको विभिन्न देशका तमू (गुरुङ) संघरसंस्थाहरुको संस्थागत विकास एवं सशक्तिकरणमा आवश्यक सहयोग पुर्याउने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    ज. संसारभरका तमू(गुरुङ) समुदायको सामाजिक, धार्मिक, शैक्षिक, भाषिक र साँस्कृतिक स्तर उठाउन युग सुहाउँदो चेतना अभिवृद्धि गर्ने ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    झ. विश्वको जुनसुकै राष्ट्रमा बसोबास गर्ने तमू (गुरुङ) समुदाय जाति, राष्ट्र, उत्पति, भाषा, धर्म, संस्कृति, वर्ण, लिंग, सम्पत्ति आदिको आधारमा हुने वा गरिने जुनसुकै किसिमको भेदभावको विरुद्धमा आवाज उठाउने,

    ञ. तमू (गुरुङ) जातीको ऐतिहासिक तमू (गुरुङ) अग्रजहरु, पुर्खाहरु, शहिदहरु एवं तमू (गुरुङ) समुदायका लागि योगदान, बलिदान, त्याग तथा जीवनभर आहोरात्र खटिने एवं तमू (गुरुङ) जातीको ऐतिहासिक पहिचान र अधिकारको लागि संघर्ष गर्नेहरुको कदर गर्ने, स्मरण गर्ने एवं भावी पुस्ताका लागि प्रेरणा दिलाउन वहाँहरुको इत्तिबृत्तान्त तय गर्न खोज अध्ययन, अनुसन्धान गर्ने ।

    ट. मानव अधिकारको विश्वव्यापी घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ १६९) एवं आदिवासीहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय घोषणापत्र (युएनड्रीप) लगायतका अन्तर्राष्ट्रिय कानूनहरुमा व्यवस्था गरिएको आदिवासी जनजातिको अधिकार र नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न गराउन प्रयत्नशिल रहने ।

    ठ. समान उद्देश्य भएका तमू (गुरुङ) जातीय संघ÷संस्थाहरुसँग अन्तर्राष्ट्रिय सञ्जाल तय गरी आवश्यक सम्पर्क र सम्बन्धको विकास गरी आपसी सम्बन्ध बढाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने, गराउने ।

    कसरी हुँदैछ व्यवस्थापन ?
    सम्मेलनमा सात सयभन्दा बढी प्रतिनिधिहरु रहने छन् । सो सम्मेलनका लागि आवासीय सुविधा समेत प्रतिनिधिहरुका लागि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    सम्मेलनको व्यवस्थापनका लागि प्रतिनिधिहरुका लागि समेत प्रवेश शुल्क तोकिएको छ । प्रतिव्यक्ति तीन हजारका दरले प्रतिनिधि शुल्क लिने व्यवस्था गरिएको छ । साथै, विभिन्न संस्थाहरु र वैदेशिक तमु संस्थाहरुले सम्मेलनका लागि सहयोग गर्ने प्रतिवद्धता आइसकेको जनाएको छ । कार्यक्रममा लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २५१ सदस्यीय मूलआयोजक समिति गठन भइसकेको छ । सो समितिमा विभिन्न तमु संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी छन् ।

    कसरी हुँदैछ सम्मेलन ?
    सम्मेलनको नारा नै ‘सम्पूर्ण तमू (गुरुङ)हरुको आह्वान ! एकता, अस्तित्व र पहिचानका लागि ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन’ भन्ने छ । त्यसैले सम्मेलनमा विशेषतः तमुहरुबीचको एकता, अस्तित्व र पहिचानका विषयमा व्यापक छलफल हुनेछ ।

    कार्यक्रमको पहिलो दिन राष्ट्रप्रमुखको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र हुनेछ । उद्घाटन लगत्तै परिचयात्मक कार्यक्रम हुनेछ । सो परिचयात्मक कार्यक्रमको अध्यक्षता पूर्वअध्यक्ष तथा सल्लाहकार डा. गणेशमान गुरुङको अध्यक्षतामा हुनेछ । सो सेसन डा. रेमबहादुर गुरुङ र स्व.प्रा. सन्तबहादुर गुरुङप्रति समर्पित रहनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑