• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    राष्ट्र बैंकले खरानी बनायो पाँच खर्बका नोट !

  • वीरगंज संजाल
  • Oct 9, 2019, 4:31 pm
  • २७९५

    काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर,  नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ ।

    राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को नलैजान सक्नुहुन्छ ।

    अब तपाई लाग्न सक्छ, हामीसँग लिएको थोत्रा नोट राष्ट्र बैंकले गर्छ चाहिँ के ?

    नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ । यी साना नोटहरुको आयु २ देखि ३ वर्षको मात्र हुने अनुमान राष्ट्र बैंकको छ ।

    राष्ट्र बैंकका अनुसार अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा छन् । यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन् ।

    राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ । करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ ।

    कसरी नष्ट गरिन्छ नोट ?

    मुलुकको केन्द्रीय बैंकसमेत भएका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नियमन सुपरिवेक्षणका साथै मुद्रा छपाउनेदेखि नष्ट गर्ने सम्मका सम्पूर्ण कामहरु गर्ने अधिकार पाएको छ ।

    यसका लागि २०५८ मा बनेको ऐनले नेपाल राष्ट्र बैंकलाई अधिकार दिएको छ । राष्ट्र बैंकले तपाईको थोत्रो नोटको सट्टा अर्को नोट साटिदिन सक्छ । तर, डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्ने अधिकार पनि राष्ट्र बैंकमा छ ।

    राष्ट्र बैंकमा मुद्रा सम्बन्धी काम गर्ने मुद्रा व्यवस्थापन विभाग छ । जसको प्रमुख हाल राष्ट्र बैंकको प्रवक्ता समेत रहेका निरौला छन् । राष्ट्र बैंकमा यस विभागले तोकेको व्यक्ति संयोजक रहने गरी एउटा समिति बन्छ । यो समितिमा अर्थ मन्त्रालयको प्रतिनिधि, राष्ट्र बैंककै कानून विभागको अधिकृत, विभाग प्रमुखले तोकेका थप एक सदस्य र विभागकै एक अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।

    राष्ट्र बैंकमा जम्मा भएका थोत्रा तथा काम नलाग्ने अवस्थामा पुगेका नोटहरु यहि समितिले निर्णय गरेर नष्ट गर्न सक्छ । राष्ट्र बैंकको काठमाडौं उपत्यकामा मात्रै नभएर ७ वटै प्रदेशमा कार्यालयहरु छन् । ती कार्यालयहरुमा समेत कहिलेकाहीँ नोट नष्ट गर्नु पर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा राष्ट्र बैंकको सम्बन्धित कार्यालयको प्रमुख संयोजक रहने समितिले निर्णय गरेर नोट नष्ट गर्न सक्ने प्रावधान छ ।

    समितिले जम्मा भएका नोट सिधै नष्ट भने गर्दैन । सबैभन्दा पहिला राष्ट्र बैंकले नष्ट गर्ने भनेर तयार पारेका नोट के कति छन् भनेर यकिन गर्छ । ती नोटहरुमा प्वाल पार्नु पर्ने हुन्छ । काम नलाग्ने भनेर चिन्नका लागि ती नोटहरुमा पञ्चिङ मेसिनले प्वाल पार्ने गरिन्छ ।

    यद्यपि, छपाई बिग्रेका र नेपाल राष्ट्र बैंक नोट सट्टाभर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको दाबी परी प्राप्त हुन आएका नोटहरू धुल्याउँदा भने प्वाल पार्नु नपर्ने व्यवस्था छ ।

    जम्मा पारेर पञ्चिङ मेसिनले समेत प्वाल पारिसके पछि पुनः नोट के–कति परिमाणमा जलाउन लागिएको हो भनेर एकिन गरी मुचुल्का बनाएर राष्ट्र बैंकले ती नोटहरु जलाएर खरानी बनाउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑