भारत | भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए ।
लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो ।
यस्तो छ तथ्यांक
२४ घण्टामा नयाँ संक्रमित : २.७६ लाख
२४ घण्टामा निको भएका : ३.६८ लाख
२४ घण्टामा मृत्यु : ३,८७६
हालसम्मका संक्रमित : २.५७ करोड
हालसम्म निको भएका : २.२३ करोड
कूल मृत्यु : २.८७ लाख
सक्रिय संक्रमित : ३१.२५ लाख