• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न, पत्रकार, न्यायाधीश हुनुभएन –मेयर सरावगी

  • वीरगंज संजाल
  • Aug 19, 2019, 4:59 pm
  • ५३४१

      वीरगंज | प्रतीक दैनिकको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित वार्षिकोत्सव समारोह तथा सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले पत्रकार न्यायाधीशको भूमिकामा प्रस्तुत नहुन सुझाव दिए ।

        उनले पत्रकारिता पेशा आपैmमा जोखिम र सम्मानपूर्ण पेशा भएको बताउँदै पत्रकारहरूले सत्यतथ्यलाई पस्कनुपर्ने र न्यायाधीशको रूपमा जनता हुनुपर्ने बताए । केही पत्रिका र पत्रकारको कारण आम जनताको नजरिया पत्रकारप्रति गलत भइरहेको भन्ने कुरामा उनले ध्यानाकर्षण गराए ।

    मेयर सरावगीले पत्रिका र पत्रकारिताको विकासको लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतीक दैनिकले पत्रकारिताको विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । वीरगंजबाट प्रकाशित पत्रिकाहरूमा प्रतीकले छुट्टै पहिचान कायम गरेको र सही समाचार पस्केर जनविश्वास बटुलेको बताए ।

    कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि प्रतीक दैनिकले पत्रकारिता क्ष्Fेत्रमा गरेको सङ्घर्षको सराहना गरे । उनले फरक सन्दर्भमा प्रदेशको राजधानी र नामाकरणको विषय गम्भीरतापूर्वक नलिइएको बताए । उनले केही व्यक्तिले विरोध गर्दैमा प्रदेशको राजधानी वीरगंज नआउने र नामाकरणको काम पनि नरोकिने बताउँदै त्यसको लागि राजनीतिक सहमति गर्न सुझाव दिए । सडकमा र सामाजिक सञ्जालको भित्तामा विरोध गरेर राजधानी वीरगंजमा नहुने तर्क गर्दै उनले त्यसका लागि नेकपा, नेपाली कांग्रेसलगायतले आप्mना सांसदलाई सोही प्रकारको भूमिका निर्वाह गर्न निर्देशन दिनुपर्ने बताए । समाजवादी पार्टी र राजपाका सांसदहरू त्यसका लागि तयार रहेको र अन्यलाई पनि सोही बमोजिम भूमिका निर्वाह गर्न सुझाव दिए ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले आपूm पनि प्रतीक दैनिकसँग ९ वर्ष आबद्ध रहेको बताउँदै वीरगंजको पत्रकारितामा प्रतीकले छुट्टै पहिचान बनाएको बताए । उनले पत्रकारिताको विकासको लागि सबै पत्रकारहरूलाई सत्यतथ्य समाचार पस्केर जनविश्वास जित्न सुझाव दिए ।

    कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्व अध्यक्ष पशुपति विक्रम शाहले पनि प्रतीक दैनिकले वीरगंजको पत्रकारितामा देखाउँदै आएको भूमिकाको प्रशंसा गरे । सो अवसरमा उनले प्रतीक दैनिकका आर्थिक स्तम्भकार विश्वराज अधिकारीद्वारा लिखित ‘अमेरिकी अर्थतन्त्रका विशेषता’ पुस्तकको विमोचन गरेका थिए ।

    वार्षिकोत्सव कार्यक्रममा आयोजित सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो पत्रकार सफलता खतिवडालाई प्रदान गरिएको थियो । रु २५ हजार राशिको पुरस्कार, प्रमाणपत्र र पूmलमाला अबीर लगाएर मेयर सरावगीले खतिवडालाई पुरस्कृत गरेका थिए ।

    यसैगरी वार्षिकोत्सवमा प्रतीक दैनिकका रौतहट संवाददाता शैलेन्द्र झालाई प्रदेशसभा सदस्य गिरीले पुरस्कृत गरेका थिए । रु १० हजार राशि पुरस्कार, प्रमाणपत्र, अबीर माला लगाएर झालाई पुरस्कृत गरिएको थियो ।
    त्यस्तै स्तम्भ लेखन पुरस्कार अधिवक्ता वीरेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । राजपाका सहमहासचिव निजामुद्दीन समानीले यादवलाई रु ५ हजार राशिको पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा सम्पादक प्रताप श्रेष्ठले स्वागत गरेका थिए भने प्रधान सम्पादक जगदीशप्रसाद शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।ptratic daily

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
  • शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    News

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑