• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालको ६ बुँदे पत्रपछि ओली पक्षको प्रतिक्रिया : नयाँ पार्टी खोल्न लागिसक्नुभयो, शर्तहरूको उपादेयता छैन

  • वीरगंज संजाल
  • २७ बैशाख २०७८, सोमबार १०:२२
  • ५३१३

    वीरगन्ज । सत्तारूढ नेकपा (एमाले) को पार्टी जीवनमा निम्ति आज कठिन र कष्टसाध्य दिन बनेको छ । पार्टीका नेता माधवकुमार नेपालले ६ बुँदे शर्त मानेमात्रै विश्वासको मत हाल्ने वातावरण बन्ने अन्यथा राजीनामाको बाटो छिचोल्न बाध्य हुने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहले ‘नधम्क्याउन’ भनेको छ ।

    “मध्यरात प्रधानमन्त्रीलाई सम्बोधन गरेर एकताका लागि पहल गरेको भान पार्न भावुक पत्र सार्वजनिक गर्ने, अर्कोतिर सांसदहरूलाई फोन गरेर, ओलीको अहम् ढाल्नुपर्ने भयो, आउनुस् राजीनामाको पक्षमा उभिनुस् भनेर हारगुहार पनि गर्ने, यस्तो काइदा पो देखियो,” ओली पक्षका एक नेताले भने ।

    उनले आजै प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘चामत्कारिक समझदारी’को सम्भावना भने क्षीण भएको बताए ।

    नेपाल समूहका प्रभावशाली नेताहरूले आइतबार रातभर समानुपातिक सांसदहरूलाई फोन गरेको ओली पक्ष बताउँछ । “पार्वती बिसुङ्खेलगायत नेताहरूलाई फोन गरेर उहाँहरूले राजीनामाको पक्षमा उभिनुस्, नयाँ पार्टी खोल्नुपर्‍यो भन्नुभएछ । उहाँ त पहिल्यै एकताको पक्षमा हुनुहुन्थ्यो । मूलधार त्याग्न सक्ने कुरा भएन । यसरी उहाँहरूले रातभर कसकसलाई केके प्रलोभन देखाउनुभयो, त्यसको सबै सूचना प्रधानमन्त्रीसँग छ । उहाँहरूसँग वार्ताको सम्भावना त होला, आजै, अहिले नै भन्ने केही पनि छैन,” स्रोत भन्छ ।

    ‘नेपाल मौन नै बसे’
    पछिल्लो समय नेता नेपालले आफूलाई वचनमा अडिने नेताको रूपमा देखाउँदै आएकाले अहिले त्यही छवि एकताको बाधक भएको ओली समूह बताउँछ । “उहाँले कांग्रेससहित गठबन्धनलाई ओलीसँग सम्बन्धविच्छेद गरेर आउने वचन दिइसक्नुभएको छ । त्यो वचन काट्न उहाँले सक्नुभएको छैन । अतः संवादको नाटकको आरोप हामीलाई लगाउनु भएको रहेछ । वास्तवमा नाटक हामीले होइन, उहाँले नै गरिराख्नुभएको छ,” ओली पक्षका नेता आक्रोशित हुँदै सुनाउँछन् ।

    नेता नेपाल समूहले राजीनामाका लागि सिंहदरबारमा सांसदहरू बटुल्दै गर्दा विष्णु पौडेल र सुवास नेम्वाङ संसद् सचिवालयको दुई नम्बर बिल्डिङमा पुगेका थिए । नेता नेपाल भेट्नका लागि । संसद् भवनको चौथो तलाको ४११ नम्बर कोठामा उनीहरूबीच पौने घण्टा संवाद भएको थियो ।

    “संवादमा उहाँले मुन्टो मात्रै हल्लाउनु भएछ । नेता नेम्वाङ र पौडेलले ‘राजीनामाको हल्ला रहेछ । संवादको सम्भावना सकिइसकेको पनि होइन । तपाईंहरू त्यो बाटो नहिँड्नुस्’ भन्दा उहाँले थाहा नपाएजस्तो रहस्यमय मौनता साँध्नु भएछ,” ओली पक्षका एक प्रभावशाली नेता भन्छन्, “त्यो कुरा उहाँहरूले बालुवाटारमा आएर पनि सुनाउनु भयो । त्यसपछि पनि विभिन्न माध्यमबाट उहाँहरूसँग संवाद नभएको होइन । उहाँहरू मिल्नै चाहनुहुन्न । मिलन विन्दु खोजौँ न त भन्दा त्यो पनि दिनुहुन्न,” ओली पक्षको जिकिर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑