बीरगन्ज | बीरगन्जका चिकित्सकहरुले बिरामीहरुका लागि फोनमार्फत निशुल्क चिकित्सकीय सेवा शुरु गरेका छन् । नेपाल चिकित्सक संघ, नारायणी शाखाको पहलमा बीरगन्जका चिकित्सकहरुले अब प्रत्येक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म फोनमार्फत निशुल्क चिकित्सकीय परामर्श सेवा शुरु गरेका हुन् ।
बिरामी भएको अवस्थामा संघले उपलब्ध गराएका विभिन्न चिकित्सकहरुले मोबाइलमा बिहान १० देखि ४ बजेसम्म फोन गरी आवश्यक परामर्श लिन सकिने नेपाल चिकित्सक संघ, नारायणी शाखाका सचिव डा. उदय नारायण सिंहले जानकारी दिए ।
संघ हाल यो सेवाका लागि २४ जना चिकित्सकको नाम र मोबाईल नम्बर उपलब्ध गराएको छ ।