बीरगन्ज | बीरगन्ज महानगरपालिका वडा नं. ५ की एक वृद्धा शुक्रबार बिहान मृत्यु भएको छ ।
बीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत ७९ वर्षीय वृद्धाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तावले जानकारी दिए ।
गत बैशाख २० गते गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ रिपोर्ट आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।