बीरगन्ज | बीरगन्जमा थप तीन संक्रमितको मृत्यु भएको छ । बीरगन्जमा उपचाररत बहुदरमाई नगरपालिकाका ४० वर्षीय पुरुष, बीरगन्ज वडा नं. ११ का ५४ वर्षीय पुरुष र बीरगन्ज वडा नं. २८ बगहीका ६१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय कुमार श्रीवास्तवका अनुसार नेशनल मेडिकल कलेज बाबा अस्पतालमा उपचारत बहुदरमाईका पुरुषको बिहीबार साढे ५ बजे मृत्यु भएको हो । गत बैशाख १३ गते कोभिडको पुष्टि भए पनि होम आईसोलेसनमै रहेका ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, बीरगन्ज हेल्थ केयरमा उपचाररत बीरगन्ज वडा नं. ११ का पुरुषको बिहीबार ६ बजेर १० मिनेटमा मृत्यु भएको हो । बैशाख १८ गते अस्पताल भर्ना भएका उनको सोही दिन पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोट आएको थियो ।
यसैगरी, बगहीका ६१ वर्षीय पुरुषको बिहीबार साँझ नै साढे ६ बजे मृत्यु भएको जनाइएको छ । स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेज बाबा कोभिड अस्पतालमा बिहीबार भर्ना भएका ती पुरुषको बिहीबार नै गरिएको पिसिआर परिक्षणमा नतिजा पोजेटिभ पुष्टि भएको थियो ।