वीरगन्ज । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन् ।
प्रदेश लोकसेवा आयोगले गरिरहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डरअनुसार नै भर्ना प्रक्रिया सुरु गर्नुपर्ने बताए ।
छलफलमा प्रदेश लोकसेवा आयोगका अध्यक्षलगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दै आएको कामकाजबारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ गरेका थिए ।