बीरगन्ज | बीरगन्जको नारायणी अस्पतालामा उपचाररत कोरोना संक्रमित मध्ये ६४ जना निको भएर घर फर्किएका छन् । शुक्रवार सम्म उपचारको लागि नारायणी अस्पतालमा १४१ जना भर्ना भएको पनि ६४ जना निको भएर घर फर्किएको नारायणी अस्पताल स्रोतले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भए यता बीरगन्जको नारायणी अस्पतालमा २४ जना संक्रमितको ज्यान गइसकेको अस्पताल स्रोतले जनाएको छ ।
२ जना संक्रमितहरु चिकित्सको सल्लाह अनुसार घर फर्किएका छन् भने ४ जनालाई थप उपचारको लागि अन्यत्र रेफर गरिएको नारायणी अस्पतालका डा. सरोज सिंहले बताए । हाल संक्रिय संक्रमितको संख्या ४७ रहेको डा. सिहले बताए । पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउँनेहरू अधिकांश संक्रमितहरुमा कडा किसिमको निमोनिया देखिएको चिकित्सकहरुले बताएका छन् ।
बीरगन्जको अवस्थालाई मध्य नजर गर्दै स्थानिय प्रशासनले हिजो देखि एक सात्ताको लागि निषेधाज्ञा जारी गरेको छ । पर्सामा कोरोना समुदायमा गए पछि संक्रमणको चेनब्रक गर्न लकडाउन घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।