वीरगञ्ज । मुकेश खेतान । वीरगञ्ज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा समुदाय-प्रहरी साझेदारी अन्तर्गत नि:शुल्क अक्सिजन बैंक स्थापना गरेको छ ।
कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका बिरामी हरुको जीवन रक्षाका लागि ग्रीन सिटी द्वारा समुदाय – प्रहरी साझेदारीमा मारवाडी सेवा ट्रष्टको सौजन्यले नि:शुल्क अक्सिजन बैंक स्थापना गरिएको जानकारी ग्रीन सिटी का संस्थापक अध्यक्ष जय प्रकाश खेतान ले दिनु भयो। “हामी छौँ” स्लोगन का साथ अक्सिजन बैंक वैशाख ९ गते देखि सञ्चालनमा ल्याइएको छ ।
वीरगञ्जमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि ग्रीन सिटीको पहलमा नि:शुल्क अक्सिजन बैंक स्थापना भएको ५ दिनको अवधिमा ३० भन्दा बढी बिरामी हरुले अक्सिजन सेवा बाट लाभान्वित हुनु भएका छन् ।
पछिलो समयमा पनि बिरामी हरुको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन सेवा, एम्बुलेन्स सेवा, निशुल्क रुपमा अस्थलिन औषधि, जुन सुकै प्रकारको औषधि उपलब्ध गराउने सेवा, निशुल्क भोजन सेवा , क्वारेन्टाइन व्यवस्थापन र लक डाउन अवधिमा अलपत्र हुनु भएका भारतीय हरु लाई भारत पठाउने कार्यमा सहकार्य जस्ता उल्लेखनीय कार्य हरु नि:शुल्क रुपमा निस्वार्थ भावले गर्दै आउनुभएको ग्रीन सिटी अध्यक्ष खेतानले वीरगन्ज सञ्जाल लाई जानकारी गराउनु भयो ।
ग्रीन सिटीले विगत पाँच वर्षदेखि सरसफाइ, वृक्षारोपन र शहरलाई व्यवस्थित बनाउनु का लागि ट्राफिक प्रहरी र महानगर संग समन्वय गरि विविध रचनात्मक कार्य गर्दै आउनु भएको वीरगन्जका स्थानीय वासी हरु बताउँछन्।
हालै अध्यक्ष खेतान लाई समाजिक कार्य हरुका लागि राष्ट्रपति द्वारा “सुप्रबल जनसेवा श्री पञ्चम ” बाट विभूषित गरिएको छ।