वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टा नबित्दै २ जना महिला र १ पुरुष गरी ३ संक्रमितले ज्यान गुमाएका हुन् । बैशाख ९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन नारायणी अस्पतालमा भर्ना भएकी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय महिलाको मंगलवार बिान १ बजेर २४ मिनेटमा मृत्यु भएको हो ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया निवासी ६५ वर्षीय बृद्धाको पनि मंगलवार बिहान ३ बजे निधन भएको छ । सोमवार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएका ति बृद्धालाई सोमवार नै अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी बाराको परवानीपुर गाउँपालिका निवासी ४५ वर्षीय पुरुषको मंगलवार बिान पौने १२ बजे मृत्यु भएको छ । गत वर्ष चैत ३० गते पिसिआर रिपोर्ट पोजेटिभ आएका पुरुषलाई बैशाख ५ गते नारायाी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । डा. दासका अनुसार तिनैजना मृतक गम्भिर किसिमको निमोनियबाट समेत ग्रसित थिए ।यसअघि सोमवार पनि पर्सा जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।