वीरगञ्ज । सरकारले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नाकामा कडाइ गरेको छ । भारतमा अनियन्त्रित भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ ।सरकारले नाकामा चेकजाँचलाई कडाई गर्दै होल्डिङ सेन्टर निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।
सीमामा भित्रिने नेपालीलाई अब त्यही परीक्षण र त्यसपछि होल्डिङ सेन्टरमा राखिनेछ । विदेशीको हकमा भने सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आए पनि अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बताएको छ ।
मन्त्रिपरिषद्को बैठकले पीसीआर रिपोर्ट नेगेटिभ भए पनि जोखिम कम गर्नका लागि १० दिन उनीहरुलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय भएको स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बताए ।नेपालीका हकमा भने सीमामा सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले जाँच गर्नेछन् ।