जनकपुर | काठमाडौं चल्ने हाइस गुडिरहेका बेला शनिबार साँझ पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अकस्मात् जलेको हो।
गाडीमा यात्रुसमेत थिए। आगो लागेपछि यात्रु तुरन्तै ओर्लेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।बारुण यन्त्र, प्रहरी र स्थानीयले आगो निभाए पनि हाइस भने पूर्ण रूपमा जलेको छ।
गाडी नम्बर खुल्न नसकेको र आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताए।