कोरोना संक्रमणको दोस्रो लहर सुरुसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ।मुख्यमन्त्री लालबाबु रावतको निवासमा शनिबार बसेको सर्वदलिय बैठकले २५ जनाभन्दा बढी सहभागी हुने सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा स्थानीय प्रशासनको सहयोगमा रोक लगाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारुि दिए।
त्यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरिएको छ। प्रदेश सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत प्रसाद साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन्।