बीरगन्ज | बीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेको छ ।गत चैत्र २५ गते सम्पन्न भएको पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएका पत्रकारहरुलाई बीरगन्ज उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय सचिव (मधेसी) दिपेन्द्र चौहान, केन्द्रीय सदस्य (प्रदेशबाट) केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, सदस्य लक्ष्मी खरेल, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, उपाध्यक्ष (महिला) सुषमा शर्मा, सचिव भूषण यादव, सहसचिव जियालाल साह, सहसचिव (समावेशी) जितेन्द्र साह, कोषाध्यक्ष सञ्जीव मिश्रलगायत सदस्यहरु तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई फुलमाला र अबिर लगाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव (मधेसी) दिपेन्द्र चौहानलाई फुलमाला र अबिर लगाई सम्मान गर्नुभएको हो भने अन्य निर्वाचित पदाधिकारीहरुलाई गुप्ता र चौहान दुवैले संयुक्त रुपमा सम्मान गरेका हुन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघमा केन्द्रिय सचिव (मधेसी) चौहान , केन्द्रीय सदस्य (प्रदेशबाट) लामिछाने, प्रदेश महासचिव बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारीले आ–आफना मन्तव्य राखेका थिए ।
यस्तै, सम्मान पश्चात कार्यक्रममा मन्तव्य राख्दै बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले पत्रकारको वृत्ति विकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए ।बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपाल लगायतको पनि उपस्थिति रहेको थियो ।