वीरगन्ज । शुक्रबार नेपालमा कोरोनाभाइरसका २,५५९ जना संक्रमित थपिएका छन् । ९,६६४ वटा पीसीआर र एन्टीजेनका नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ । २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ३,१२२ पुगेको छ ।
४१० जना निको भएका छन् । निको हुनेको संख्या २ लाख ७६ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या १४ हजार ७२४ पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी संक्रमित हुनेमा २० देखि २९ तथा ३० देखि ३९ वर्ष उमेर समूहका छन् । १९९ जना बालबालिका संक्रमित भएका छन् ।