जनकपुरधाम | जनकपुरधाममा मास्क नलगाउने आज दिन भरीमा ५ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गरिरहेका ५ हजार भन्दा बढि जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक(डिएपी) मकेन्द्र मिश्रले जानकारी दिएका हुन्।
जनकपुरधाम उपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन यसअघि नै सूचना जारी गरी मास्क लगाएर मात्रै बाहिर निस्कन सर्वसाधारणलाई आग्रह गरेको थियो।
यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङ गरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेर गरेर मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको हो।विहिवार नियन्त्रणमा लिइएका सबै जनालाई दुई घण्टासम्म नियन्त्रणमा राखि छाडिएको डिएसपी मिश्रले जनाएका छन् ।
संक्रामक रोग ऐन २०२० अनुसार विगतमा पनि एक सय रुपैयाँ जरिवाना गरी छाडिएको पुन शुक्रवार(भोलि) देखी एक सय जरिवाना लिई छाडिने प्रहरी डिएसपी मिश्रको भनाइ रहेको छ।