प्रेस चौतारी नेपाल पर्साले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान
वीरगंज संजाल
८ बैशाख २०७८, बुधबार २०:१३
२६२५
वीरगंज | प्रेस चौतारी नेपाल पर्साले आज नेपाल पत्रकार महासंघपर्सा शाखाको भवनमा नवनिर्वाचित हुनु भएका नेपाल पत्रकार महासघको जिल्ला ,प्रदेश ,र केन्द्रका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनु हुनेमा नेपाल पत्रकार महासघका केन्द्रिय सचिब दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसि लामिछाने , प्रदेश न.२ का महासचिव श्याम बन्जरा , पर्सा शाखा अध्यक्ष अनुप तिवारी लगायत केन्द्रिय पार्षद , प्रदेश पार्षदहरु समेत रहेका छन ।
प्रेस चौतारी नेपाल पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमाले राष्ट्रिय सभामा संसदीय दलका नेता एवं प्रदेश कमिटीका सचिब सुमन प्याकुरेलले सम्मान गर्नु भएको थियो ।सो कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा लगायतकाको उपस्थिति रहेको थियो ।