वीरगंज | सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ ।
प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ|