वीरगंज | वीरगंजमा आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी १४१ जनाको स्वाब नमूना परीक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको छ ।
७८ संक्रमितमध्ये पर्सा जिल्लाको मात्रै ६२ जना छन्। ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५२ जना संक्रमित रहेको छ । पर्सा जिल्लाकै पर्सागढी नगरपालिकाका ३ जना , ठोरी र पकाहामैनपुर गाँउपालिकाका २/२ जना तथा विन्दवासीनी , सखुवा प्रसौनी र कालीकामाइ गाँउपालिकाका १/१ जनामा पनि संक्रमण भेटिएको हो।
यस्तै बारा जिल्लाका १२ जना, सर्लाही जिल्लाका २ जना तथा बाँके र काठमाडौंका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । वीरगंजमा पछिल्लो १० दिनको अवधिमा मात्रै ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।