वीरगंज | पृथ्वीमा बिगत ३७ वर्षदेखि भइरहेको परिवर्तन देखाउने गरी गुगल अर्थले टाइम ल्याप्स फिचर सुरु गरेको छ । यो फिचरले पृथ्वीमा यो समयावधिमा कसरी परिवर्तन भइरहेको छ भनेर बुझ्न सघाउने गुगल अर्थले जनाएको छ ।
करोडौं स्याटलाइट तस्विरहरु समावेश गरी तयार पारिएको यो फिचरले कुनै स्थानमा समयानुसार आएको परिवर्तन देखाउनेछ । यो फिचरले नयाँ पुस्तालाई पृथ्वीमा विकासको नाममा भएको उतारचढाव र वातावरणीय क्षति समेत देखाउन सहयोग पुग्ने गुगल अर्थले जनाएको छ ।
टाइम ल्याप्स फिचरको लागि २ करोड ४० लाख भन्दा बढी फोटोहरु प्रयोग गरिएको छ । यो फिचरको लागि तयार पारिएको भिडियो संसारकै ठूलो भिडियो प्रोजेक्ट भएको कम्पनीको दाबी छ ।
प्रयोगकर्ताले यो लिंकमा गएर आफ्नो ब्राउजरमार्फत गुगल अर्थको नयाँ फिचर प्रयोग गर्न पाउनेछन् ।यो फिचरमा आफूले चाहेको स्थान खोजेर त्यसमा समय अनुसार आएको परिवर्तनको दृश्य हेर्न सकिन्छ ।