• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

  • वीरगंज संजाल
  • ३० चैत्र २०७७, सोमबार ११:१९
  • ३५६१

    वीरगंज | गत माघ ११ गते आइतबार बिहानको करिब ११ बजेको थियो । बलात्कार पीडित बालिका र उनका परिवारसँग भेटघाटका लागि जिल्ला अस्पताल पुगें । सुत्केरी गराउनका लागि पुस १९ गते अस्पताल ल्याइएको थियो । पीडितको उद्धारमा आफू स्वयं संलग्न भएकाले भेटेर कुराकानी गर्नु नौलो कुरा भएन । तैपनि अस्पताल प्रशासनको अनुमतिमा जिल्ला अस्पतालको पोस्ट मेटल वार्डमा पुगे । विल्डिङको कोठा चिसो नहुने कुरै भएन । हरियो तन्ना विछ्याइएको बेड थियो । बेडमाथि नवजात शिशु काखमा च्यापेरी बसेकी १७ वर्षीया बालिका । पुस ६ गते उनले शिशु (छोरी) जन्माएकी थिइन् । जिउ हलुङ्गो भएर होला, ढोकाबाट भित्र छिर्नेवित्तिकै मुसुक्क हाँसिन् । यसै पनि कम बोल्ने । अझ लज्जालु स्वभाव । सुत्केरी हुनुपूर्व निकै आत्तिएकी थिइन् । तर आमा बनेसँगै त्रास हटेको उनको मुहारमा झल्कन्थ्यो । नजिकै थिए, पीडितका बुवा र आमा । गाउँबाट लिन आएका बुवा गाडीबाट ओर्लनेवित्तिकै अस्पताल आइपुगेका हुन् । बुवाले सोधे, “कस्तो छ तिमीलाई ?” न छोरी बोलिन्, न त उनकी आमा ।

    केहीबेर सुनसान बन्यो । क्षणभरकै त्यो माहोलले भावुक बनायो । फेरि बुवाले भने, “ल ! कपडा तयार गर । गाडी आउने बेला हुन लाग्यो ।” त्यो दिन डिस्चार्ज हुने भएकाले उनीहरुको घर फर्कने तयारी थियो ।पीडितका बुवाले डिस्चार्ज कागज बनाउन केहीबेर समय खर्चिए । त्यही बेला उनीहरुसँग कुराकानी गर्न समय मिल्यो । अस्पतालले दिएको बर्थ सर्टिफिकेटमा नवजात शिशुको बुवाको नाम छैन । किनकी बुवा को हुन्, थाहा छैन । बलात्कृत बालिका र ‘अवैध सन्तान’ ! केहीबेरको कुराकानीमा जति सक्दो चाँडा बाहिर निस्कन पाए हुन्थ्यो भन्ने पीडितको हतारो थियो । पोको पुन्तरो बोकेर बाहिर निस्किए । हिउँदयामको न्यानो घाम । नवजात शिशुका लागि घामसँग पहिलोपटक स्पर्श । अस्पताल आएकाहरुले निकै नौलो मानेर उनीहरुप्रति दृष्टि सोझ्याए । तर उनीहरु पीडित परिवारका हुन् भन्ने आभास हुनेगरिको क्रियाकलाप पटक्कै भएन । गाडी आइपुग्यो, तर भर्खर सुत्केरी भएकी बालिकाले गाडी चढ्न कति पनि अफ्ठ्यारो मानेनन् । पीडित, उनका बुवा र आमाले विदाईको हात हल्लाए तर केही बोलेनन् । हुनतः बलात्कार आरोपित मंसिर ८ गते जिल्ला अदालत ताप्लेजुङको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । आरोपितले २०७७ वैशाख १ गते बलात्कार गरेको पीडित परिवारले कात्तिक १३ गते प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । यद्यपी अदालतको अन्तिम पैmसला नहुन्जेल शिशुको वर्थ सर्टिफिकेटमा बाबुको नाम उल्लेख सम्भव छैन । पीडित बालिका परिवारसहित घर फर्किएका छन् । तर न्यायचाहिँ पर्खाईको विषय बनेको छ ।

    माथि उल्लेखित बालिकाजस्तै बलात्कार पीडित १७ वर्षीया बालिकासँग गत असार २९ गते संवाद गरें । पीडितका अनुसार २०७६ मंसिर २५ गते उनी बलात्कृत भएकी थिइन् । विवाहको निम्तो मान्न गएकी थिइन् । त्यही बेला बलात्कृत भइन् । उनले भनिन्, “रातको समय भएकाले कति बजेको थियो, याद भएन । प्रतिकार गर्न कोसिस गरे तर सकिनँ ।” गर्भवती भएको ९ महिनासम्म पनि बालिकाको विषयमा समाजमा कसैले बोलेनन् । गाउँघरमै प्रसुती गराउन सम्भव नभएकाले अस्पताल ल्याउनैपर्ने बाध्यताले ढिलै भएपनि घटना सार्वजनिक भएको हो । पीडितलाई पनि अस्पतालमा स्थापना भएको ‘एकद्धार संकट व्यवस्थापन केन्द्रमा’ राखियो । पीडितले भदौ ८ गते छोरा जन्माएकी थिइन् । विपन्न परिवार र सुरक्षाका कारण पीडितलाई भदौ १२ गते प्रदेश नं. १ सरकारद्धारा संञ्चालित दिर्घकालिन पुनस्र्थापना केन्द्र÷गृह मोरङमा पठाइएको छ । गृहकी शाखा अधिकृत सुनिता भट्टराईका अनुसार बालिका र नानीको स्वास्थ्य अवस्था सामान्य छ । बालिकाले गृहमा बसेर पठनपाठनलाई अगाडि बढाएकी छिन् । आरोपितसँगको नाता कायम हुन्छ वा हुँदैन, अनुमान गरेर भन्न सक्ने अवस्था छैन । पीडितकी ५० वर्षीया आमाले भनिन्, “अदालतबाट फैसला भएपछि एकथोक होला । अरु त के भन्नु र !” आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा मुद्धा दर्ता भएको छ ।

    १८ वर्षीया बालिका २०७५ मंसिर ३ गते बलात्कृत भइन् । गर्भवती बालिकाका परिवारले २०७६ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कार शिर्षकमा उजुरी दिएको थियो । प्रहरीकहाँ आउनुअघि गाउँघरमै जिम्मा लगाउने कोसिस नभएको भने होइन । तर आरोपित पक्षले अस्विकार ग¥यो । आरोपित विरुद्धको मुद्धा जिल्ला अदालतले पुस २० गते मुलतबीमा राख्न आदेश दिएको छ । न्यायाधिस प्रकाश राउतको इजलासले दिएको आदेशमा मुलतबीमा राख्न आदेश भएको तहसिलदार नवराज गौतमले बताए । तहसिलदार गौतमका अनुसार ३ वर्षसम्म पनि फरार प्रतिवादी पक्राउ नपरे मुलतबीमा राखिएको मुद्धा अदालतबाटै ब्यूँतिन्छ । जिल्लास्थित अधिकारकर्मीको पहलमा उनलाई इटहरीस्थित माया घर पठाइएको थियो । उनले त्यही छोरी जन्माएकी हुन् । २०७७ पुस २ गते जिल्ला अदालतमा झिकाइएकाले उनी आएकी हुन् । अदालतमा उपस्थित भएर घर गएकी हुन् । पीडितले भनिन्, “यतिका समय न्यायको टुंगो लागेको छैन । तीमाथि परिवारमा बस्न सक्नेगरिको अवस्था नहुँदा पीडामाथि पीडाले थिचिएकी छु ।” आफ्नो र छोरीको भविष्यको चिन्ताले पिरोलिएकी पीडितले केही समयका लागि गाँस, बास र कपासको व्यवस्थापनका लागि आफूलाई सहयोग गर्न अनुरोध गरेकी छिन् । पीडितले टेलिफोनमा भनिन्, “कानुनी प्रक्रिया चल्दै गर्छ । त्यतिन्जेल छोरी हुर्काउदै मेरो पढाईलाई अगाडी बढाउन पाए हुन्थ्यो ।” विगत सम्झँदै उनले भनिन्, “उ बेला नै मर्न चाहेर पनि समाजले मलाई मर्न दिएन् । बरु बाँचेर अरुको रमिते बनेकी छु भन्ने आभास मात्र हुन्छ ।” तर बाँचे मात्र न्याय प्राप्त हुने कुराले उनको जीवनमा आशाको दियो निभेको छैन ।

    यी त जिल्लास्थित प्रतिनिधिमूलक घटना मात्र हुन् । बालापनमै बलात्कारको शिकारबाट आमा बनेकाको भविष्य अन्धकारझै बनेको छ । पीडित स्वयंसँगको भेटमा उनीहरु भन्छन्, “आफ्नै त भविष्य अन्धकार छ । नानीको भविष्यको कुरा कसरी गरुँ ?” भनिन्छ, तस्बिर आफै बोल्छ । अझ पीडाको झल्को दिनेगरि पीडितको शब्दले जो कोहीको मन अमिलो बन्छ । किनकी बलात्कार पीडितले चाहेर पनि पीडा भुल्न पाउँदैनन् । प्रहरी र कानुन व्यवसायीसँग वयान दिनुपर्छ । न्यायधिशकहाँ पनि ! अघिपछि सोधपुछ गर्नेजति सबैलाई भन भन्दा भन्नैपर्ने । कस्तो विडम्वना ! बरु पीडकबाट त एकपटक बलात्कार भएकी हुन्छे । तर त्यसपछि जो कोहीलाई पनि भन्नुपर्दा पटक–पटक बलात्कारमा परेझै महसुस गर्न बाध्य छन् । बलात्कृत बालिका र अवैध सन्तानप्रति समाजको दृष्टिकोण बदलिएको छैन । बरु पुरुषकै कुकृत्य र अपराधका कारणले बालिका वा महिला बलात्कृत भएको तथ्य गौण बन्छ । उल्टै पीडितमाथि दोष थोपर्छ । छिःछिः दुरदुरको कुरा गरिसाध्य छैन । अतः बलात्कृत बालिका र सन्तानको जीवन निर्वाह,जीवन रक्षा र समाजमा पुनस्र्थापित भएर सम्मानपूर्वक बाँच्न सक्ने अवस्था सृजना गर्न सरकारको चुनौतीको विषय बनेको छ । मुलकी अपराध संहिता २०७४ ले मञ्जुरीबीना करणी गरेमा वा मन्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको मानेको छ । अतः अदालतबाट आरोपितविरुद्ध कसुर ठहर भएको फैसला भएको खण्डमा पनि पीडितको उमेरअनुसार कसुर गर्नेप्रति जवरजस्ती करणी गरेको विषय आकर्षित हुने देखिन्छ । तथापी पीडितको जीवनयापन कष्टप्रद त बनेको नै छ । अझ बाँकी जिन्दगी…!

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑