• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    व्यापार घाटा ८ खर्ब ६३ अर्ब

  • वीरगंज संजाल
  • २५ चैत्र २०७७, बुधबार ०६:१९
  • २४०१

    बीरगन्ज । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको हो ।

    गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७.८४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७३ अर्ब ९० करोड ७९ लाखको निर्यात भएको थियो ।

    आयात निर्यातको हिसाबले नेपाललाई ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत वर्ष सो अवधिमा ८ खर्ब ४९ अर्बको व्यपार घाटा भएको थियो । भन्सार विभागका अनुसार ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यापार कारोबार भएको छ । गतवर्ष यो ९ खर्ब ९९ अर्ब थियो ।

    नेपालको कुल व्यापारमा ९२.१२ प्रतिशत आयात भएको छ भने ७.८८ प्रतिशत निर्यातको हिस्सा रहेको छ । यस अवधिमा आयात ५ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकले आठ महिनामा २५ अर्ब रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ मात्र आयात भएको देखिन्छ । प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।

    पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका छन् । नेपाली व्यवसायीले कच्चा भटमास ब्राजिल, अर्जेन्टिना र तेस्रो मुलुकबाट आयात गरेर यी वस्तु नेपालमा प्रशोधन गरी पुनः निर्यात गर्छन् । जवकी गत आर्थिक वर्षको आठ महिनामा ७ अर्ब ५२ करोड १५ लाख २८ हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ सय ७ प्रतिशतले निर्यात बढेको छ ।

    नेपालबाट निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा रहेको छ । भटमासको तेलले गर्दा चालू आवको आठ महिनामा निर्यात ७.८ प्रतिशतले बढेर ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । चालू आवकै अघिल्लो सात महिनासम्म निर्यात ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार थियो ।

    नेपालबाट चिया निर्यात ६२ प्रतिशतले बढेर ३ अर्ब २१ लाख ८८ हजार रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ८५ करोड २४ लाख ३१ हजार रुपैयाँको चिया निर्यात भएको थियो । यस्तै आठ महिनामा अलैंची निर्यात ५३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड १९ लाख ९ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष ३ अर्ब २२ करोड ६१ लाख ७८ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

    उद्यमी व्यवसायी कमलेशकुमार अग्रवाल व्यापार घाटा गर्न आर्थिक नीति परिमार्जन गर्नुपर्ने बताउँछन् । व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्ने उनको ठम्याइ छ ।

    ‘आर्थिक कानुन बारम्बार परिमार्जन गर्दा पनि प्रतिफल दिन सकेको छैन, व्यवसायीलाई सहज बनाउन सकेको छैन,’ उनले भने, ‘ व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्छ ।’

    ‘स्वदेशी लगानी प्रवद्र्धन हुन सकेको छैन । सरकार र ब्युरोक्रेसीले निजी क्षेत्रलाई हेर्ने नजर पनि परिवर्तन हुनुपर्छ,’ अग्रवालले भने । कर प्रणाली प्रतिस्पर्धी नबनाउँदासम्म लगानीमैत्री वातावरण नबढ्ने उनको भनाइ छ ।

    नेपालको व्यापार घाटा रहेको मुलुकमा सबैभन्दा अग्रपंक्तिमा भारत रहेको छ । भारतसँगको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २७ करोड रहेको छ । भारततर्फ नेपालबाट कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । आयात भने ९ खर्ब ४४ अर्बको भएको छ । चीनसँगको व्यापार घाटा ५ खर्ब ६४ अर्ब १० करोड ८० लाख रुपैयाँको रहेको छ । नेपालको व्यापार घाटा हुनेहरूमा युनाइटेड अरब इमिरेट, अर्जेन्टिना, अमेरिका, क्यानाडा, इन्डोनेसिया, युक्रेन, कोरिया, अफ्रिका रहेका छन् । व्यापार फाइदा भएका मुलुकमा क्यालोडोनिया, मोन्टेन्ग्रो, कंगोलगायतका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑