गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्ला निवासी शंकर परियारकी छोरी ९ वर्षीया सङ्गिताको आगलागीमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
नुहाएर फर्कने क्रममा वाग्लाकै धाराखोली बलेसल्ला सामुदायिक बनमा लागेको आगोमा परेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।