• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नझुक्किनुस्, पठाओको सेवा बन्द हुन लागेको होइन

  • वीरगंज संजाल
  • ११ चैत्र २०७७, बुधबार ०१:१४
  • २८१७

    वीरगन्ज । राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै पठाओ बन्द गर्न लागिएको हो त? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

    सामाजिक सञ्जालमा चर्चा

    ५० हजार भन्दा बढी फलोअर भएका दीपक नेपालले ट्विट गर्दै पठाओ एप पूर्ण रुपमा बन्द भएको दावी गरे। उनी ट्याक्सी चालक पनि हुन्। उनले यसलाई जितको संज्ञा दिँदै त्यसका लागि व्यक्ति नै तोकेर धन्यवाद पनि दिएका छन्। उनको यो ट्विट मंगलबार राति १० बजेर २० मिनेटमा यो तथ्य जाँच तयार पार्दासम्म ८९ कोट ट्विट र ५ रिट्विट भएको छ भने ४३ लाइक छन्। अर्काइभ लिङ्क

    त्यसैगरी ट्विटरमा पठाओ बन्द हुन लागेको बारे धेरै ट्विट भएका छन् र फेसबुकमा पनि यसबारे धेरैले पोस्ट गरेका छन्।

    मिडियामा समाचार

    सामाजिक सञ्जालमा मात्र होइन, मिडियामा पनि यसबारे समाचार आएका छन्। बाह्रखरी अनलाइनले ‘ट्राफिक प्रहरीले भन्यो– भोलिदेखि पठाओ चल्न दिँदैनौँ’ शीर्षकमा समाचार राखेको छ। समाचारमा ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीलाई उद्‍धृत गर्दै लेखिएको छ, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ।”

    त्यसैगरी नेपालन्युजले पनि ‘भोलीदेखि पठाओ बन्द ! ट्राफिक प्रहरीले यस्तो भन्यो’ शीर्षकमा समाचार राखेको छ।

    के हो तथ्य ?

    यो विषयमा पठाओको नेपालस्थित कार्यालयले ५ बजेर ४१ मिनेटमा फेसबुकमा एउटा विज्ञप्ति सार्वजनिक गरेको छ। विज्ञप्तिमा प्रोटेक्टिभ गियर (ज्याकेट र ट्राउजरसहितको कपडा) प्रयोग नगर्न निर्देशन सरकारी निकायले दिएको भन्दै सम्पूर्ण राइडरलाई पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ।

    पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको उक्त विज्ञप्तिमा स्पष्ट रुपमा लेखिएको छ- ‘साथै राइड भने निर्वाध सञ्चालन हुने जानकारी गराउँछौँ।’

    अर्थात् पठाओ स्वयंले जारी गरेको विज्ञप्तिमा उसको सेवा बन्द हुने सूचनाको खण्डन गर्दै राइड निर्वाध सञ्चालन हुने उल्लेख छ।

    मिडियामा आएका समाचारमा  ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीलाई उद्‍धृत गर्दै ‘चल्न दिँदैनौँ’ भनेको दावी गरिएको छ। तर यसबारे कुनै अडियो वा भिडियो उपलब्ध छैन।

    त्यसको साटो कान्तिपुरको अनलाइनमा उनै प्रवक्ता अधिकारीलाई उद्‍धृत गर्दै  लेखिएको छ, ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं,तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’

    मकालुखबरमा पनि उनैलाई उद्‍धृत गर्दै लेखिएको छ, ‘पठाओलगायत कुनै शेयर राइडिङ सेवा प्रदायकलाई कारबाही गर्ने/नगर्ने भन्ने हामीले निर्णय गर्न सक्ने कुरा होइन र त्यस्तो निर्णय भएको पनि छैन।’

    ट्राफिक प्रहरीले विद्यमान ऐन नियमको पालना गराउने काम गर्छ। राइड सेयरिङ बन्द गर्ने वा नगर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागले निर्णय गर्नुपर्ने हुन्छ।

    मकालुखबरमा प्रकाशित समाचार अनुसार उनले भनेका छन्, ‘पछिल्लो समय चालकहरू झुरुप्प भएर बस्नाले आवागमन प्रभावित भएको र आवागमन व्यवस्थित गर्न अलि कडाइ गर्ने तयारी भने गरिएको हो।’

    सेतोपाटीमा प्रकाशित समाचार अनुसार कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनेकी छिन्,  ‘ट्याक्सी चालक र हाम्रो राइडरबीच भएको झगडाले सेवा बन्द भएको होइन। प्राविधिक समस्याले भएको हो। प्राविधिकले बनाउँदै छन्।’

     

    दावी : पठाओको सेवा भोलिदेखि बन्द हुँदैछ।

    तथ्य जाँच : भ्रामक खबर। ट्याक्सी चालक र पठाओ राइडर बीच विवाद हुने घटना यो हप्ता भएको, मंगलबार प्राविधिक कारणले समस्या भएर पठाओ एप नचलेको र ट्राफिक प्रहरीले आवागमन व्यवस्थित गर्ने तयारी गरेको समाचारहरुको पृष्ठभूमिमा पठाओको सेवा नै बन्द हुन लागेको जस्तो समाचार भ्रामक रुपमा आएका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसबारे कुनै सूचना आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छैन। केही मिडियामा जसको भनाई (महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता) आएको छ, उनैले अरु मिडियामा पठाओ बन्द गर्ने निर्णय नभएको बताएपछि उनको भनाईलाई भ्रामक रुपमा प्रचार गरिएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑