रौतहट । रामशरण यादव । गायिका मनिषा पोखरेलको स्वरमा रहेको कटहरिया के कटिया गीत’ को भिडियो सार्वजनिक भएको छ । नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ ।
केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । यो गितमा कटहरिया बजारको प्रसिद्ध कटियाको कुराहरु समेटेको छ ।
गीतको निर्माता प्रभु साह , निर्देशक / कोरियोग्राफर अर्जुन बिसी , कलाकारहरु विजय यादव निर्विज रचना सिवाकोटी, र मनोज साह सरिता साह , क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेती , मेकअप श्याम थापा , गायक मनीषा पोखरेल , संगीत र व्यवस्था: – रामबाबु पटेल ,गीत उपेन्द्र सहनी ,सम्पादन चन्दन दत्त उत्पादन प्रबन्धक मदन श्रेष्ठ आश्रित निर्देशक गोबिन्द गुरमाछानेको रहेको छ ।
कलकार एवम निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटीले जानकारी गराएकी छिन् ।