• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २: प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७७, आईतवार १५:४८
  • ३५७७

    जनकपुर । प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए । यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ । संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।

    अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे । प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन जाने तयारी छ ।

    मधेश भवन (प्रदेश सरकारको मुख्यालय) मा उनी आउने बारेमा कुनै उत्साह र तयारी देखिँदैन । आइतबार मधेस भवन सुनसान देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीको कार्यालयहरु पनि सुनसान देखिएका छन् । प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश प्रमुखको निवास तथा कार्यालय सरसफाई गरिएको छ ।

    यता, मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्री, राज्यमन्त्रीहरु आइतबार मधेस भवनमा छैनन् । विभिन्न कार्यक्रमको बहानामा अधिकांश मन्त्रीहरु जनकपुरबाट बाहिर निस्किएका छन् ।प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुख झालाई स्वागत गर्ने कि विरोध गर्ने भन्नेबारे आधिकारिक निर्णय नभएको बताए । उनले आफू पनि स्वागतका लागि जाने कि नजाने भन्ने बारेमा अहिलेसम्म कुनै तयारी नभएको बताए । यद्यपि सरकारको नीति अनुसार आफूले पनि व्यवहार गर्ने उनले जनाए ।

    स्रोतका अनुसार प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट जानेछन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि जाने बताइएको छ । एमालेका कार्यकर्ताले एयरपोर्टमा एकसय एक किलोको मालाले प्रदेश प्रमुख झाको स्वागत गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑