एजेन्सी | टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा वेवीगर्लडिको उपनामले पनि चिनिने अठार वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकी छन् । भिडियो सेयरिंग सामाजिक संजाल मन्च टिकटकमा उनको १४ लाख भन्दा बढी फलोअर थिए ।
रहिम अल्ला र रोड्नी एन्द्रिको नामले पनि चिनिने स्याफरका पिता जोसेफ सान्टियागोले आफ्नी छोरीलाई लोकप्रियता दिलाउने टिकटकमै एउटा भिडियो क्लिप पोस्ट गर्दै छोरीको मृत्यु पुष्टि गरेका छन् । आफ्नी छोरीका विभिन्न तस्वीर संकलन गरी किलप बनाएका उनले आफ्नी छोरीलाई माया र समर्थन दिने सबैलाई धन्यवाद दिँदै दुर्भाग्यवश अब छोरी यस दुनियाँमा नरहेको र अझै राम्रो दुनियाँमा गएको उल्लेख गरेका छन् ।
उनले भावुक पाराले लेखेका छन् , ‘उनी मेरी सबैभन्दा मिल्ने फुच्ची साथी थिइन् । कुनै पनि हालतमा म उनलाई धर्तीमा समाधिस्थ गर्ने तयार थिइन । लामो यात्रा तय गरेर घर पुग्दा उनी खुशी हुने याद अझै ताजा छ । उनले कमसेकम मलाई आफनो समस्या र आत्महत्याको सोचबारे बताएको भए कति हुन्थ्यो । हामी दुवै मिलेर समस्या हल गर्ने थियौं ।’
दाझारियाको अन्त्येष्टिका लागि आवशयक खर्च जुटाउन खडा गरिएको एक कोषमा १५ हजार अमेरिकी डलर जम्मा भइसकेको छ । उनकी आमा जेनिफर स्याफरले पनि आफ्नी छोरीको दुखद घटनाको पुष्टि फेसबुक मार्फत गरेकी छन् । तर परिवारले उनको मानसिक अवस्थाबारे कुनै सुचना प्रवाह गरेको छैन । उनले आत्महत्या गर्नुको कारण अझै थाहा हुन सकेको छैन ।